चक्काजामको प्रभाव अर्घाखाँची जिल्लाभर (तस्बिर सहित )

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । ट्राफिक प्रहरीको जरिवाना शुल्क अत्याधिक भएको र आम जनता प्रत्यक्ष मारमा परेको भन्दै  आह्वान गरिएको चक्काजामको प्रभाव अर्घाखाँची जिल्लाभर परेको छ ।
चक्काजाम विहान पाँच वजे देखि साँझ पाँच वजेसम्म जारी थियो । व्यवसायीहरुले आवहान गरेको चक्काजाम अवधीभर जिल्लाभर  दमकल एब्वुलेन्स, पत्रकार, शववाहन बाहेकका कुनैपनि सवारी साधन चलेका थिएनन । 
देउराली यातायात व्यवसायी समिति र पश्चिम नेपाल बस व्यवसायी संघसंग आवद्ध यातायात व्यवसायीहरुले चक्काजाम सफल पार्नका लागि बजारका मुख्य मुख्य चोकमा जम्मा भई  निजी सवारी साधनहरु समेत अवरोध गरेका थिए । 
चक्काजामका कारण सन्धिखर्क बजार दिनभर सुनसान बनेको थियो । 

केही फेसबूकबाट