बैंक ऋण नतिरेपछि सांसद दुमान सिंह थापा विरुद्द ३५ दिने सूचना जारी

काठमाडौं । आफ्नै श्रीमतीलाई जमानी राखेर लिएको बैंक ऋण नतिरेपछि एमाले सांसद दुमान सिंह थापा क्षेत्रीको नाममा सिटिजन्स बैंकले ३५ दिने सूचना जारी गरेको छ । एक अन्लाईनमा समाचार प्रकासित भएको छ । 
अर्घाखाँची-२ बाट प्रत्यक्ष निर्वाचन जितेका सांसद थापाले श्रीमती गीता भण्डारीलाई जमानी राखेर लिएको सिटीजन्स अटो लोन नबुझाएको वैंकको सूचनामा छ ।
सांसद थापाले लामो ताकेतापछि समेत शर्त अनुसार साँवा र ब्याज नबुझाएको बैंकले जनाएको छ ।
गत बुधवार बैंकले एक दैनिक पत्रिकामा पैँतिस दिने सुचना जारी गर्दै दुमान र श्रीमती गीतालाई ऋणकर्जा चुक्ता भुक्तान गर्न आग्रह गरेको छ । त्यसो नगरे कर्जा सूचना केन्द्र लिमिटेडमा नियमाअनुसार कालो सुचिमा समावेश गर्ने चेतावनी दिएको छ ।
त्यस्तै थापाले आफ्नो कम्पनीको नाममा लिएको कर्जा पनि नतिरेको पाईएको छ । वैंकले दुमान सहितको साझा स्वामित्वमा रहेको वाटर एण्ड इनर्जी नेपाल प्रालिको नाममा पनि सूचना जारी गरेको छ । रकम ३५ दिनभित्र नबुझाए धितो लिलामा गरिने बैंकले जनाएको छ । कम्पनीलाई ऋण दिलाउन दुमान सिंह थापा र बल बहादुर पुन जमानी बसेको पाईएको छ ।
थापा यस अघि पनि विभिन्न वैंकले सूचना निकालेका व्यक्ति हुन् । उनीमाथि जिल्लामा समेत विभिन्न ठगीका आरोप लाग्ने गरेका छन् ।