पाकिस्तानमा परिवार नियोजनसम्बन्धी सम्पूर्ण विज्ञापनमा प्रतिबन्ध

पाकिस्तानमा परिवार नियोजनसम्बन्धी सम्पूर्ण विज्ञापनमा प्रतिबन्ध लगाइएको छ ।
पाकिस्तानको विद्युतीय सञ्चार नियमक निकायले यस्ता विज्ञापनले अवोध बालबालिकामा नकारात्मक उत्सुत्कता बढाएको जनगुनासो आएको भन्दै विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ ।
पाकिस्तान समाजिक रुपमा पुरातनवादी मुस्लिम मुलक हो । विश्वको छैठौं घना आवादी भएको मुलुक पाकिस्तानमा परिवार नियोजनसम्बन्धी विज्ञापन पहिला पनि विरलै सार्वजनिक हुने गरेका थिए ।
विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण एसियामा नै जन्मदर रोक्ने उपायको कम पहुँच रहेको मुलुकमा पाकिस्तान अग्रस्थानमा छ । (एजेन्सी)