असुरकोटमा जेष्ठ महिना भित्रमा पूर्ण सरसफाइयुक्त गर्ने तयारी

 असुरकोट, अर्घाखाँची । असुरकोट गाविस सचिव एवं अध्यक्ष मदन बेलबासेको अध्यक्षतामा आज गाविस कार्यालयमा बसेकोे बैठकले गाविसलाई पूर्ण सरसफाइयुक्त अबस्थामा पु-याउन अब गर्नु पर्ने कार्यहरु पहिचान गरेको छ । 
प्लाष्टिक जलाउदा मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने भएपछि जम्मा गरिएको प्लाष्टिक कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा यस अघि नै छलफल गरिएको, केही वडाहरुमा सार्वजनिक स्थलमा खाडल खनेर प्लाष्टिक व्यवस्थापन गर्ने गरिएको तर केही वडाहरुमा अझै सो कार्य हुन बाँकी भएकाले, एवं खाडलमा जम्मा गरिएको प्लाष्टिक हावाले उडाएर पुनः प्लाष्टिक टिप्नु पर्ने समस्या परेकाले अब देखि मासिक रुपमा वडागत निर्णय अनुसार घरघरमा जम्मा भएको प्लाष्टिक जन्य फोहर सबैले तोकिएको खाडलमा फाल्ने र माटोले छोप्ने निर्णय गरिएको छ । 
त्यसै गरि यही जेष्ठ २३ गते देखि २९ गते सम्म परेको १७ औं राष्ट्रिय सरसफाइ सप्ताह विविध क्रियाकलाप सञ्चालन गरी मनाउने निर्णय बैठकले गरेको छ ।  
बैठकमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरु, वडा नागकि मञ्च तथा वडा वास समितिका संयोजकहरु, यु एन ह्याविटाटका जिल्ला संयोजक, RWSSP-WN-II  का जिल्ला परियोजना अधिकृत लगायत स्थानीय आमन्त्रितहरु गरी २५ जनाको सहभागिता रहेको थियो ।