राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखाँचीको अध्यक्षमा सहयोगी बिसी (तस्बिर सहित )

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान अर्घाखााचीको अध्यक्षमा सहयोगी विसी निर्वाचित भएका छन् ।  
निकटतम प्रतिद्वन्दी युवराज खनाललाई २५ मत अन्तरले पछि पार्दै बिसी अध्यक्षमा निर्वाचित भएका हुन । विसीले ६२ मत प्राप्त गरे भने खनालले ३७ मत प्राप्त गरेका थिए । अन्य पद भने निर्विरोध भएका छन् । नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा बावुराम भुसाल, द्वितिय उपाध्यक्षमा राधा आचार्य, सचिवमा मोहित मुनाल, सहसचिवमा सागर परियार, कोषाध्यक्षमा मदन नेपाली र सहकोषाध्यक्षमा  गोविन्द प्रसाद वञ्जाडे निर्विरोध निर्वाचित भएका छन् ।  यस्तै सदस्हरुमा मधुसुदन वञ्जाडे, सकुन्तला वञ्जाडे, कुलेन्द्र विश्वकर्मा, सुदन खड्का, विशाल पाण्डे, लक्ष्मी रायमाझी र मिरा कैशल रहेका छन् । 
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष चन्द्र शर्माले लोक गीत गाएर अधिवेशनको उद्घाटन गरे । 
उद्घाटन शत्रमा बोल्दै उनले लोक गीत संगीतको संरक्षण र सम्वद्र्धनका लागि गठित प्रतिष्ठानले कलाकारीताको विकासमा ठूलो टेवा पु-याएको बताए । उनले राज्यले कलाकारीताको क्षेत्रलाई ठोस नीति बनाएर व्यवस्थापन गर्नु पर्ने बताए । 
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही गुरुङ्ग, वरिष्ठ उपाध्यक्ष वद्री पंगेनी, द्वितिय उपाध्यक्ष बिमलराज क्षेत्री, निर्वतमान महासचिव महासचिव विष्णु खत्रीले  शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले मन्तव्य सँगै सांगितिक प्रस्तुती समेत गरेका थिए । राष्ट्रिय स्तरका धेरै लोक कलाकार एकै मञ्चमा भेला भएर समधुर गीत गाइरहँदा उपस्थित दर्शक तथा अतिथिले निकै मनोरञ्जन लिए । 
यस्तै  स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम, प्रतिष्ठानका लुम्बिनी अञ्चल वरिष्ठ उपाध्यक्ष  दिल्ली नारायण पाण्डे, जिल्ला पूर्व अध्यक्ष रामप्रसाद अधिकारी, पत्रकार महासंघका उपाध्यक्ष हिमबहादुर जिसी लेकाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।