प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची १६ जेठ । नेपाल निजामती कर्मचारी युनियन संघ अर्घाखाँचीले १९ गते हुने ट्रेड युनियन निर्वाचनको अबसर पारेर मोटर साईकल र्याली सम्पन्न गरेको छ ।
-र्यालीले सन्धिखर्क र चुत्राबेसीका बिभिन्न भागको परिक्रमा गरेको नेपाल निजामती कर्मचारी युनियन संघका अध्यक्ष प्रकाश भट्राईले बताउनु भयो ।
कर्मचारी हरुको आधिकारिक टे्डयुनिय को निर्वाचन नजिकिदै जादा नेपाल निजामती कर्मचारी युनियन (सघ) ले चुनाबि माहोल बढाएको छ ।
जिल्लामा सबैभन्दा क्रियाकलापमा अगाडि देखिएको युनियन ले कर्मचारी हरुको पक्षमा जहिले पनि काम गर्दै आएको कारण आफुहरुको जित सुनिश्चित भएको युनियन का कोषाध्यक्ष कृस्न बर्मा ले बताउनु भयो ।
अर्घाखाँची जिल्लामा टे्डयुनीयन को चुनाबमा ३८५ जना कर्मचारी ले भाग लिने भएपनि युनियनको पक्षमा २३० जना कर्मचारी रहेको दाबि गरेको छ ।