अर्घाखाँचीमा यस वर्ष फैलिएको डढेलोबाट साढे ६ करोड रुपैया बराबरको क्षती

सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा यस वर्ष फैलिएको डढेलोले सयौ घर सहित करोडौको धनमाल नष्ट गरेको छ । 
सुख्या याममा फैलिएको डढेलोले जिल्लाका सन्धिखर्क नगरपालिका सहित २४ गाविसका स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन् । जिल्ला भर एक सय ७४ घर र ९० गोठ आगोले जलेर पुर्ण रुपमा नष्ट भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी चिरञ्जिबी घिमिरेले बताउनुभयो । धातीवाङ्ग गाविस वाड नं. ९ दहमा घर नजिकै लागेको आगो निभाउने क्रममा चिप्लिएर स्थानीय ३२ बर्षिय मखमली विकको मृत्यु समेत भएको थियो ।
घर र गोठ र त्यसमा रहेका नद तथा जिन्सी समेत जलेर नष्ट हुदा करिब ६ करोड पचास लाख रुपैया बराबरको क्षती भएको छ । घर जलेका परिवारलाई राहत वितरणको काम पनि भैरहेको सूचना अधिकृत घिमिरेको जानकारी दिनुभयो ।
वन क्षेत्रमा पनि डढेलोले तहस नहस बनाएको छ । सामुदायीक तथा राष्ट्रिय गरि १२ हजार आठ सय ३१ हेक्टर बन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका एक सय ४४ सामुदायीक बनमा डढेलो लागेको छ ।
सात हजार दुई सय ११ हेक्टर सामुदायीक वन र पाँच हजार छ सय २० हेक्टर बन क्षेत्रमा डढेलो लागेको जिल्ला वन कार्यलयका सहायक जिल्ला वन अधिकृत मदन प्रसाद ढुंगानाले बताए ।
सन्धिखर्कको डिभर्ना स्थित एक सामुदायिक वनमा ।
डढेलोले जिल्लाका धातिवाङ्ग, सिद्धारा, सिमलपानी, जलुके, अडगुरी, पाली र ठाडा गाविसमा बढि क्षती पुगेको छ । आगोलागिले वन्यजन्तु र चराचुरुंगी कति डढे भन्ने तथ्यांक कसै संग छैन ।
जिल्लामा आगोलागि तथा डढेलो नियन्त्रणका नाममा बर्षेनी आउने लाखौ बजेटले कार्यक्रम अगाडी बढाएको बताए पनि नतीजामा देखिएको छैन ।
– घनश्याम पौडेलबाट