अर्घाखाँचीका आगलागी पिडितलाई खाद्यान्न राहत सहयोग

(पहिलो प्रकासित मिती: २०७३ ज्येष्ट १८, मंगलवार)

सन्धिखर्क, अर्घाखाँची (गोपाल प्रसाद भट्टराईबाट / अर्घाखाँचीडट्कम ) । महिला नेत्रीद्वोय शुसिला बन्जाडे र माया पोख्रेलले भलायडाँडाका अग्निपिडितलाई खाद्यान्न सहयोग प्रदान गर्नुभएको छ ।
वहाँहरुले गत बैशाख ११ गते लागेको आगोबाट घरगोठ जलेका चार परिवारका घरमै पुगेर आज राहत स्वरूप  ३० के.जि. चामल हस्तान्तरण गर्नुभएको हो । 
राहत बितरण गर्दै शुसिला बन्जाडेले बिपदको समयमा प्रदान गरेको सानो सहयोग पनि पीडितलाई ठुलो राहत हुनसक्ने भएकाले सक्दो सहयोग सबैले गर्नुपर्ने बताउनुभएको छ ।
नेत्री शुसिला सन्धिखर्क एक का सफल उद्धमी युबराज बन्जाडेकी श्रीमती र माया राजनीतिक ब्याक्तित्व रामचन्द्र पोख्रेलकि श्रीमती हुनुहुन्छ ।सन्धिखर्क ( दुई भलायडाँडामा गत बैशाख ११ गते जङ्गलमा लागेको आगो बस्तीमा पस्दा ८ वटा घरगोठ र सामुदायिक रेडियो अर्घाखाँचीको निर्माणाधीन भवनको ८० बोरा सिमेन्ट जल्दा लाखौंको क्षति हुनुको साथै खानेपानीको पाइप समेत जलेपछी अहिले भलायडाँडामा खानेपानीको हाहाकार भएको छ ।
जिल्ला सदरमुकाम तथा जिल्लाको एक मात्र नगरपालिका सन्धिखर्कको वडा नम्बर दुईमा पर्ने भलायडाँडाका अग्निपिडितहरुलाई आगो लागेको एक महिना भन्दा बढी भइसक्दा समेत सरकारी तहबाट कुनै राहत नमिल्दा आफुहरु बत्ति मुनिको अध्यारो जस्तै भएको अग्निपिडित शान्ता पोख्रेलले बताउनुभयो ।
आगलागी  पिडितलाई आर्थिक सहयोग 
यस्तै अर्घाखाँची जिल्लाको डिभर्ना झेडिबजारका हाल क्यानडा बस्दै आएका गुरु प्रसाद श्रेष्ठले  जिल्लाका आगलागी  पिडितलाई २ लाख ७५ हजार रुपैया आर्थिक सहयोग गरेका छन् । 
उक्त आर्थिक सहयोग चेक स्थानिय युवा व्यवसायी दिपक श्रेष्ठले  प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई हस्तान्तरण गरेका थिए ।