अर्घाखाँचीमा निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियनको निर्वाचन शान्तिपूर्ण (तस्बिर सहित )

डिल्लीराज घिमिरे
सन्धिखर्क । अर्घाखाँचीमा शाखा अधिकृत कार्यालय प्रमुख रहेको वाहेक शाखा अधिकृत देखी कार्यालय सहयोगी सम्मका स्थाई निजामती कर्मचारी निर्वाचन प्रकियामा मतदाताको रुपमा मतादाता नामावलीमा समावेश भएका कर्मचारी सवै मतदानको लागी सहभागी हुन सक्ने छन ।
 मतदाताको अन्तिम नामावली सिटरोल ( कर्मचारी परिचय संकेत नं ) को आधारमा प्रमाणीकरण गरी प्रमुख निर्वाचन अधिकृतको कार्यालय काठमाण्डौवाट प्रकाशित हुने छ सो आधारमा नै जिल्लाको मतादाता नामावलीमा समावेश हुने गर्दछ ।
यस पटक अर्घाखाँची जिल्लामा जम्मा ३९९ मतादाता रहेको निर्वाचन जिल्ला स्थित निर्वाचन अधिकृत रोमा कान्त ज्ञावलीले जानकारी दिनु भएको छ । प्राप्त जानकारी अनुसार निर्वाचनमा मतदान कार्यक्रम विहान ०९ वजे देखी साँझ ५ वजे सम्म रहने छ भने साँझ ६ वजे देखी मत गणना प्रारम्भ गरिने छ । अर्घाखाँची जिल्लाको अन्तिम परिणाम भने राती १० वजे सम्म घोषणा हुने वताईएको छ ।
निर्वाचन अधिकृत रोमा कान्त ज्ञावलीले जानकारी दिनु भएको छ साथै उक्त निर्वाचनको सहायक निर्वाचन अधिकृतमा जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख महेश पाण्डे हुनुहुन्छ । निर्वाचन शान्त र मर्यादित सव्य एवं भव्य रुपमा भईरहेको छ ।
 निर्वाचन प्रक्रियामा नेपाल निजामती क्रमचारी यूनियन संघ,नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती,नेपाल निजामती कर्मचारी संगठन,राष्ट्रीय स्वतन्त्र कर्मचारी मिलन केन्द्र,मधेशी निजामती कर्मचारी मन्च,राष्ट्रिय कर्मचारी संगठन गरी ६ ओटा ट्रेड यूनियनहरुले उमेद्वारी दिएका छन । ताज़ा जानकारी अनुसार दिउसो १२ वजे सम्ममा जम्मा २५० मत झरीसकेको छ । 
तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम