क्यानडामा बस्ने श्रेष्ठद्धारा अर्घाखाँचीका अग्नी पिडीतलाई दुई लाख ७५ हजार सहयोग

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची १९ जेठ । अर्घाखाँची घर भई  हाल क्यानडा बस्ने समाजसेवी गुरु प्रसाद श्रेष्ठले जिल्लाका आगोलागि पिडीतलाई दुई लाख ७५ हजार रुपैया अर्थिक सहयोग गर्नु भएको छ ।
जिल्लाको सन्धिखर्क नगरपालिका १५ को डिभर्ना झेडिबजार घर भएका  श्रेष्ठले जिल्लाका आगोलागि पिडीतको घाउमा मलाम लगाउने उदेश्यका साथ पठाएको दुई लाख ७५ हजार रुपैया सहयोग स्वरुप पठाउनु भएको हो । 
 दुई लाख ७५ हजार रुपैयाको चेक उनका आफन्त दिपक श्रेष्ठले जिल्ला दैबीक प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई  हस्तान्तरण गर्नु भएको छ । 
  जिल्लाका बिभिन्न क्षेत्रमा आगोलागिले पुराएको क्षतीको बारेमा थाहा पाएपछि सहयोग रकम पठाएको उनले बताएका छन । सहयोग रकम बुझ्दै प्रजिअ पौडेलले आगोलागि पिडीतलाई सहयोग गर्ने बताउदै सहयोगका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो । 
जिल्लामा  अहिलेको सुख्खायाममा  फैलिएको डढेलोले सयौ घर सहित करोडौको धनमाल नष्ट गरेको छ । सुख्या याममा फैलिएको  डढेलोले जिल्लाका सन्धिखर्क नगरपालिका सहित २४ गाविसका स्थानीय बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन ।  
  जिल्ला भर एक सय ७४ घर र ९० गोठ आगोले जलेर पुर्ण रुपमा नष्ट भएको सहायक प्रमुख जिल्ला अधिकारी  चिरञ्जिबी घिमिरेले बताए । घरमा रहेका अन्नपात, लुगाफाटा सबै जलेका छन । 
  घर र गोठ र त्यसमा रहेका नद तथा जिन्सी समेत जलेर नष्ट हुदा करिब सात  करोड बराबरको क्षती भएको र  घर जलेका परिवारलाई राहत वितरणको काम पनि भैरहेको सप्रजिअ घिमिरेको भनाई छ । 
  वन क्षेत्रमा पनि डढेलोले तहस नहस बनाएको छ । सामुदायीक तथा राष्ट्रिय गरि १२ हजार आठ सय ३१ हेक्टर बन क्षेत्रमा डढेलो लागेको छ । जिल्लाका एक सय ४४ सामुदायीक बनमा डढेलो लागेको छ ।  
  सात हजार दुई सय ११ हेक्टर सामुदायीक वन र पाँच हजार छ सय २० हेक्टर बन क्षेत्रमा डढेलो लागेको जिल्ला वन कार्यलयका सहायक जिल्ला वन अधिकृत मदन प्रसाद ढुंगानाले बताए ।  
  डढेलोले जिल्लाका धातिवाङ्ग, सिद्धारा, सिमलपानी, जलुके, अडगुरी, पाली र ठाडा गाविसमा बढि क्षती पुगेको छ ।