अर्घाखाँचीमा आधिकारिक ट्रेड युनियनको सम्पन्न चुनावमा कांग्रेस निकट युनियन बिजयी (भिडियो-तस्बिर सहित )


प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची १९ जेठ । अर्घाखाँचीमा  कर्मचारी ट्रेड युनियनको लागि आज भएको निर्वाचनमा काग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले  एक सय ९८ मतका साथ जित हासिल गरेको छ ।
युनियनले निकटतम प्रतिद्धन्द्धी एमाले निकट कर्मचारी सगठन भन्दा ८५ मतको फराकिलो मतका साथ जित हासिल गरेको हो । एमाले निकट कर्मचारी संगठनले एक सय १३, माओबाद िकेन्द् निकट कर्मचारी स.गठनले ४६ र मधेसी मञ्चले १७ मत प्राप्त गरेको छ ।
तस्बिरमा अर्घाखाँचीमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको सम्पन्न  चुनाव

प्रेम खड्का 



सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँचीमा निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको सम्पन्न  चुनावमा कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको १९८ मत लिएर जितेको छ ।

नेपाल निजामती कर्मचारी युनियन संघ प्रथम भए सँगै अब आधिकारिक ट्रेड युनियनको अध्यक्षमा प्रकाश भट्टराई बिजयी भएका छन् । उनी  ३७२ मतमा १९८ (५३ प्रतिशात ) ल्याई बिजय भएका हुन् ।
आज भएको निजामती कर्मचारी हरुको आधिकारिक ट्रेड युनियन को निर्बाचनमा ३९९ मतदाता मध्ये ३७२ मत खसेको जसमा सबै सदर भएको छ ।
जसमा कर्मचारी युनियन सँघ जम्मा १९८  ल्याई प्रथम भएको छ । निजामती कर्मचारी संगठन जम्मा ११० ल्याई दुईतिय भएको छ । रा क स ( माओबादी) जम्मा ४६ ल्याई तृतीय भएको छ । मधेसी कर्मचारी जम्मा १७ ल्याई चौथो भएको छ । १ मत अन्यले पाएको छ ।