स्वीट्जरल्याण्डमा प्रत्येक नागरिकको मासिक न्यूनतम आय निश्चित गर्ने विषयमा आइतबार जनमत संग्रहका लागि मतदान हुँदैछ ।
यो विषयमा विश्वका कुनै पनि मुलुकमा अहिलेसम्म मतदान भएको छैन ।
जनमत संग्रहले प्रत्येक वयस्कलाई उसले काम गरे वा नगरे पनि विना शर्त मासिक २५०० स्वीस फ्र्यांक अर्थात २ लाख ७० हजार रुपैयाँ दिने विषयमा निर्णय गर्ने छ ।
यो तर्कसँग सहमत हुनेहरुले २१ औं शताब्दीमा काममा मेसिनको अत्यधिक प्रयोग भईसकेको भन्दै मानिसका लागि निकै थोरैमात्र काम बचेको बताएका छन् ।
मतदानमा पहिलेदेखि काम गरिरहेका वा २ लाख ७० हजारभन्दा धेरै आय भएकाहरुले भने भाग लिन पाउने छैनन् । मतदान अघिका सर्वेक्षणहरुले एक चौथाई स्वीस नागरिकहरु मात्र यस विचारसँग सहमत रहेको देखाएका छन् । तर विरोधमा रहेकाहरुले भने खुला समाज र स्वीट्जरल्याण्ड जस्तो उच्च जीवनस्तर भएको देशमा यस्तो योजना सम्भव नभएको तर्क गरेका छन् । (एजेन्सी)