हिलारीको अमेरिकी राष्ट्रपति चुनावका लागि उम्मेद्वारी लगभग पक्का

अमेरिकी राष्ट्रपति चुनावका लागि उम्मेदवार बन्ने होडमा रहेकी हिलारी क्लिन्टनले आवश्यक प्रतिनिधि संख्या पूरा गरेकी छिन् ।
डेमोक्र्याटिकको तर्फबाट उम्मेदवार बन्न चाहिने २३ सय ८३ प्रतिनिधिको समर्थन क्लिन्टनले पाइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
डेमोक्रेटिकको तर्फबाट क्लिन्टनसँगै बर्नी सान्ड्रेस उम्मेदवारीको होडमा छन् । तर, क्लिन्टनले आवश्यक मत पूरा गरेपछि डेमोक्र्याटिकका तर्फबाट उनी नै उम्मेदवार बन्ने लगभग पक्का भएको बताइएको छ ।
क्लिन्टन कुनै पनि प्रमुख अमेरिकी पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पहिलो महिला हुनेछिन् ।
क्लिन्टनले उम्मेदवार बन्नका लागि चाहिने प्रतिनिधि संख्या पूरा गरिसकेको बताइए पनि अर्का दाबेदार सान्ड्रसले भने क्लिन्टनले उम्मेदवारीको दौड जितिनसकेको बताएको एपीले जनाएको छ ।
जितका लागि सुपर डेलिगेट्सको मत महत्वपूर्ण हुने र त्यसको जुलाईको पार्टी अधिवेशनपछि मात्रै मतदान हुने उनको भनाइ छ । (एजेन्सी)