बैशाखीको साहारामा ‘ईन्जीनियर’

कृष्ण खनाल
बुटवल, २५ जेठ । जहाँ ईच्छा त्यहाँ उपाय भन्ने युक्तीलाई कपिलवस्तुका एक अपाङ्गता भएका व्याक्तिले पुष्टी गरेका छन् । अपाङ्गता भएकै कारण दुबै खुट्टामा बैशाखी प्रयोग गर्दै आएका बिफई प्रजापती(कोहार)ले बैशाखीकै सहारामा ईन्जीनियरिङ्ग शिक्षा अध्यायन पुरा गरेका छन् । जन्मजात नै अपाङ्गता रहेका उनले भारतको गोखरपुरमा रहेको एम एम ईन्जीनियरिङ्ग कलेजमा ५ बर्ष सम्म कम्प्युटर ईन्जीनियरमा ग्रेजुवेट गरेका छन् । 
पारिवारिक वातावरण सहज भएको कारण भारतको गोखरपुरमा होस्टेलमा बसेर  अध्यायन पुरा गरेका  कोहारले अहिले कफिलवस्तु जिल्लाको विजुवा-८मा स्टेप राईज ईग्लिस बोडिङ्ग स्कुलको प्रिन्सीपल बनेका छन् भने, प्रगतिशिल सहकारी संस्थाको सञ्चालक र कपिलवस्तुमा नै ग्रेजुवेट कम्प्युटर ईन्सीच्युट सञ्चालन गरेका छन् । केही दिन पहिला रुपन्देहीमा भएको एक कार्यक्रममा प्र्रशिक्षको रुपमा आएका कोहार भन्दैथिए-‘सानैमा राम्रो संग पढ्न पाए त्यहि भएर अहिले जिविको पार्जनको  लागि सकैको मुख  ताक्नु परेको छैन ।
२०६८ सालमा स्थापना गरेको स्कुल मा अहिले ५ कक्षा सम्म पढाई हुदै आएको छ । ८ जना शिक्षक शिक्षिकाहरुलाई समेत त्यहि विद्यालयको आम्दानीबाट  तलब भत्ता वितरण गर्दै आएको उनी बताउछन् । आएस्सी(विज्ञान) विषयमा उत्र्तीण गरेका कोहारले प्रवेशिका परिक्षा(एसएलसी) छत्रपालीतिर्थदेवी मावि पकडीबाट उत्र्तीण गरेका थिए । 
अहिले विद्यालयबाट मासिक  ४० हजार, ईन्चष्युटबाट मासिक ४० हजार र सहकारीबाट बार्षिक २० हजार रुपैयाँ आम्दानी गर्दै आएको उनको भनाई रहेको छ । उनी भन्छन्-‘म जे चाहन्छु त्यो गरेर छोड्छु, पढाई प्रतिको लगाव सानै  देखि थियौं त्यहि भएर यो स्थान सम्म आए । घर परिवारको सहयोगमा  सो ५ लाख को लागनीमा अर्थपक्की भवन निर्माण गरी विद्यालय सञ्चालन गरेका उनको विद्यालयमा अहिले  ३ सय ५० जना विद्यार्थीहरु अध्ययननरत रहेका छन् ।  उनले अपाङ्गता हुदै मा केही  कमी नहुने भन्दै पढाईलाई निरन्तरता दिई समाजका केही फरक काम गर्न सकेमा राम्रो हुने बताउछन् । 
२८ बर्षमा लागेका कोहारले निकट भविश्यमा विद्यालयको स्तर उन्नती गर्ने योजना अगाडी सारेका छन् । उनी थप्छन्-‘विद्यालयलाई अझ  परि स्कृत रुपमा अगाडी बढाउने गरी योजना बनाएको  छु ।  अपाङ्गता हँुदैमा कोही कमजोर र अशक्षम नहुने भन्दै उनले मिहिनेतको साथ आफ्नो कार्य अगाडी बढाएमा जो कोही व्याक्ति पनि सफल हुने उनको धारणा रहेको छ ।
दुई पटक सम्म लोक सेवामा  लिखितमा नामा निकालेका उनी अन्तरवार्तामा फालिएपछि अहिले जागिर भन्दा पनि आफै उद्यम गर्नुपर्दछ भनेर  लागेको बताउछन् ।  
यता, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष देवी बहादुर पोखरेल ले कुनै पनि व्याक्ति अपाङ्गता हुदैमा अशक्षम नहुने भन्दै यसको लागि घरपरिवार, समाजबाट  सार्थक सहयोग अपरिहार्य भएको बताउछन् । कपिलवस्तु  जिल्लामा रहेको एक विद्यालयमा स्थायी शिक्षकको रुपमा रही अपाङ्गता क्षेत्रमा क्रियाशिल पोखरेल पनि शाररिक अपाङ्गता भएका व्यक्ति हुन । उनी भन्छन्-‘हामीलाई दया, मायाँ भन्दा पनि आवसरको आवश्यकता रहेको छ,  उचित अवसर पाउन सकेमा जो सुकै अपाङ्गता भएका व्याक्तिहरु पनि सक्षम हुन  सक्छ ।