धातिवाङ्गका अग्नि पिड़ितलाई नेपाल कोरिया सम्पर्क समितीद्धारा राहत वितरण

घनश्याम पौडेल
धातिवाङ्ग, अर्घाखाँची । अर्घाखाँची जिल्लाको धातिवाङ्ग गाविसमा अग्नीपीडीतको लागी राहत स्वरुप नगद रुपैया वितरण गरिएको छ ।  
नेपालमा परेको लामो समयको खडेरीको कारण अर्घाखाँचीका विभिन्न गाविसहरु सहित धातिवाङ्गमा पनी लाखौको क्षती भएको थियो । वैशाख १३ गते देखि लागेको आगोले धातिवाङ्ग वडा नं. ९ का  तुलबहादुर सारु, बालसिंह सारु, विष्णु रोका मगर र गोविन्द सुर्यवंशीको घर जलेर नष्ट भएको गाविस सचिव रमेश न्यौपानेले वताउनुभयो ।
राहत सङकलन अभियानमा नेपाल कोरिया सम्पर्क समाजका सदस्य तथा दैविप्रकोप राहत कोषका संयोजक दिनामनी पौडेलले नगद पचाँस हजार सङकलन गरेर गाविसमा पठाउनुभएको सुपादेउराली समाचार पत्रलाई जानकारी दिनुभएको छ । 
राहत धातिवाङ्ग गावीसमा अग्नी पिडितलाई वितरण गरिएको हो ।  आगो निभाउने क्रममा वैशाख १३ गते डढेर मखमली विकको ज्यान गएको थियो ।  उनका ३ जना नावालक छाराछोरीलाई पढाई खर्च वापत प्रतिव्यक्ती दश हजारका दरले नगद रकम वितरण गरिएको हो । त्यस्तै पुर्ण रुपमा जलेका ४ घरपरिवारलाई प्रतिघर ३ हजारका दरले १२ हजार र २ गोठ जलेर नष्ट भएकालाई २५०० का दरले ५ हजार वितरण गरिएको स्थानिय हिमलाल पौडेलले वताउनुभएको छ ।
राहत वितरण कार्यक्रममा धातिवाङ्ग माविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  मणीराम पौडेल, छविलाल पौडेल, धातिवाङ्ग मावि प्र.अ। हिमलाल पौडेल, स्वास्थ्य चौकी इन्चार्ज मित्रदेव पौडेल, लगाएतको उपस्थितीमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रेम पौडेलले गर्नुभएको थियो ।