विप्लव माओवादीले गरेको बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित (फोटो फिचर )

प्रेम खडका
सन्धिखर्क, अर्घाखाँची । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण आज अर्घाखाँची जिल्लाभरको  जनजीवन प्रभावित भएको छ । 
विहानै देखि सन्धिखर्कका शान्ती बैगचा, हललाईन, नयाँ बसपार्क, भक्तिटोला, चुत्राबेसी बजार, स्याले बजार, गच्छेबजार, फुदवाङ बजार लगायत जिल्लाभर पुर्णरुपमा बन्द रहेको छ । अर्घाखाँचीबाट छुटने लामो तथा छोटो दुरिका सबारी साधन चल्न सकेका छैनन 
माओवादी बन्दकर्ताहरु बिहानैदेखी सदरमुकाम सन्धिखर्कका सड्कमा निस्केर बन्द गराउदै हिडेपछी अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क लगाएत ग्रामिण बजारहरु पनि बन्दभएका छन भने बिहानैदेखी गाउँबाट आउने गाडि र सन्धिखर्कबाट बुटवल, काठमाण्डौ जाने गाडि बन्दमा जान नपाएपछी यात्रुहरु मर्कामा परेका छन । 
सधै भिडभाड हुने सन्धिखर्क आज बन्दको कारणले सुनसान भएको छ । बन्दका कारण एम्बुलेन्स, सुरक्षा, प्रेस, दुधका गाडिहरु मात्र सञ्चालनमा आएका छन । सन्धिखर्कका चोक चोकमा बाक्लो रुपमा सुरक्षाकर्मी खटाईको छ ।
हिजो बन्दको आब्हान गदै विप्लव माओबादीका कार्यकर्ताले सनपा-२ मा मसाल जुलुस सहित नाराबाजी गरेका थिए । 
देशभर आफ्ना कार्यक्रतालाई बिभिन्न बाहनामा पक्राउ गरेको र ति कार्यकर्तालाई बिना सर्त रिहाई गर्नु पर्ने र बढ्दो कालो बजारीकरण र मंहगीको नियन्त्रण लगायतका माग राखेर आज देशभर बन्दको आब्हान गरिएको जिल्ला सेक्रटरी सुमा ज्ञवालीले बताए ।