आदिबासी जनजाती महासंघ अर्घाखाँचीको अध्यक्षमा अशोक श्रेष्ठ निर्बाचित

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची २८ जेठ । नेपाल आदिबासी जनजाती महासंघ अर्घाखाँचीको तेस्रो अधिबेसन सन्धिखर्कमा सम्पन्न भएको छ । 
अधिबेसनले अशोक कुमार श्रेष्ठको अध्यक्षतामा नया कार्य समितिको चयन गरेको छ । जस्को उपाध्यक्षमा टोप बहादुर बलाल, कृष्ण बहादुर सारु, श्रीधर मुखीया , सचिब नेत्र थापा मगर, सह सचिब इन्द्र बहादुर रेस्मी र कोषाध्यक्षमा शर्मिला गुरुंग रहेका छन । 
जस्को सदस्यहरुमा यादब आले, गिरमान गुरुंग,वन बहादुर घर्ती,सिता श्रेष्ठ। शान्ता खासु,तारा कुमाल, रिषी रेस्मी र रिषी थापा रहेका छन । 
 प्रितम थापाको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समतिको गठन भएको छ । जस्को सदस्यहरुमा पिताम्बर सारु,सुरज सारु, राजेन्द्र श्रेष्ठ, युबराज श्रेष्ठ, नेत्र बहादुर सारु र राम बहादुर राना रहेका छन । 
अधिबेसन नेपाल मगर संघका पुर्ब केन्द्रिय सदस्य पिताम्बर सारुको प्रमुख आतिथ्यता, प्रितम थापाको अध्यक्षतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा नेपाल मगर संघका नेत्र थापा मगर, आदिबासी जनजाती समन्वय समितिका उपाधयक्ष अशोक कुमार श्रेष्ठ, नेवा संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल कुमाल संघका सहसचिब श्रीधर कुमाल,राष्ट्रिय गुरु.ग परिसदका गिरमान गुरुंग, नेपाल मगर संघका जिल्ला अध्यक्ष सुरज सारु, राइए यायोक्खाका मोहन राई, आदिवासी जनजाती युवा संघकि सुमित्रा कुमाल लगायतको उपस्थिति रहेको थियो ।