नेपाल महिला संघ अर्घाखाँचीद्धारा सम्मान कार्यक्रम सम्पन्न (फोटो फिचर)

पहिलो प्रकासित मिती: २०७३ जेष्ठ २८ शुक्रबार 

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची, जेष्ठ २८, २०७३ । प्रधानमन्त्री केपि ओलीले मधेशि मुद्धाको विषयमा ख्याल नगरेका कारण झन आन्दोलन चर्किदै गएको आरोप नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालले लगाउनुभएको छ ।
अहिलेको समयमा मुख्य ३ दलहरु मिलेर राष्ट्रिय सहमतिको सरकार वनाएर, मधेश सँग सम्झौता गरि संविधान संशोधन गरेमा मात्र मधेशका माग सम्पन्न हुने वताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती विष्णु प्रसाद खनाल मुस्कानले महिला लार्ई पनि हक अधिकार दिने उद्देश्यले सबैलाई मिलाएर लैजाने क्रममा आफुले नेपाल महिला संघका अध्यक्ष शान्ता भण्डारी लाई उप सभापतीमा मनोनित गरेको वताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता कमल प्रसाद भुसालले अव आउने स्थानिय निकायमा अर्घाखाँची जिल्लामा जुनसुकै रुपमा पनि जित्नुपर्ने भएकोले सवै भातृसङगठनका प्रमुख नेता तथा कार्यकर्तालाई तयार रहन आग्रह गर्नुभएको थियो । कार्यक्रम नेपाली कांग्रेसका केन्द्रिय सदस्य पुष्पा भुसालको प्रमुख अतिथ्यता, कांग्रेसका जिल्ला सभापती विष्णु मुस्कान, वरिष्ठ नेता कमल प्रसाद भुसाल, जिल्ला सदस्य कृष्ण खनाल, संगिता बेल्वासे, उद्योग वाणिज्य संघका महासचिव नेत्र भुसाल, सितापुर गाविस कांग्रेस सभापती कृष्ण शर्मा, तरुण दल जिल्ला अध्यक्ष नारायण खडका लगाएतले मन्तव्य राखेका थिए । 
नेपाली कांग्रेसको १३ औ महाधिवेशनवाट अर्घाखाँची जिल्लावाट प्रतिनिधित्व गरी नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित पुष्पा भुसाललाई सम्मान कार्यक्रम नेपाल महिला संघका जिल्ला अध्यक्ष शान्ता भण्डारीको अध्यक्षता, सचिव छमा कार्कीको सञ्चालन, स्वागत मन्तव्य उपाध्यक्ष जानका बन्जाडेको स्वागत मन्तव्यमा सम्पन्न भएको पत्रकार घनश्याम पौडेलले जानकारी दिनुभएको छ ।