धनचौरमा अपांगहरुलाई एक दिने अभिमुखिकरण गोष्ठी सम्पन्न

गोपाल प्रसाद भट्टराई 
धनचौर, अर्घाखाँची । क्षमताअनुसारको काम अपांगहरुले पनि गर्न सक्ने भएकोले उनिहरुलाई अवसर दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
शृजनशिल अपांग विकास केन्द्र धनचौरको आयोजनामा अपांगहरुलाई दिइएको एक दिनेअभिमुखिकरण गोष्ठीमा सहभागी अतिथिहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।
धनचौर उप-स्वास्थ्य चौकीका अ.हे.ब.शिव प्रकाश जि.सी.,र जन जागृती उच्च मा.वि.का शिक्षक प्रेमलाल शर्मा ले सहजीकरण गर्नुभएको गोष्ठीमा धनचौर गा.वि.स.सचिव रुकेन्द्र पालुङ्गे,जन जागृती उच्च मा.वि.धनचौरका प्राचार्य पिताम्बर खनाल,नेपाली काङ्ग्रेसका सभापति हेमराज भट्टराई ,जिल्ला सदस्य लेखनाथ पान्डे,ने.क.पा.एमालेका अध्यक्ष गणेश भुसाल,राधिका गैरे लगायतले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रम शृजनशिल विकास केन्द्रकि अध्यक्ष पबित्रा भुसालको अध्यक्षता,सदस्य बासुदेव अधिकारीको स्वागत मन्तव्य र सचीव रेमलाल भट्टराईको सन्चालनमा सम्पन्न भएको थियोे ।