जुकेनाको सुधा उमावीमा दश कम्प्यूटर धुलोमै थन्कीए, विद्यार्थीको भविष्यमाथी चरम खेडवाँड

डिल्लीराज घिमिरे
अर्घाखाँची डटकम/जुकेना, अर्घाखाँची । अर्घाखाँचीमा आधुनिक शिक्षा अभियानले जिल्लाभर राम्रो सक्रियता पाईरहेको वेला कुनै विद्यालयमा भने साँघुरो कोठामा धुलैधुलो विच कम्प्यूटर वन्द अवस्थामा थन्कीएको पाईन्छ त्यों हो सुधा उच्च मावी जुकेना । 
यस विद्यालयमा संस्थाले गत वर्ष दशओटा कम्प्यूटर हस्तांतरण गरेको भएता पनी हाल सम्म एक वर्षमा एकजना विद्यार्थीले पनी सामान्य कम्प्यूटर तालीम समेत प्राप्त गर्न नसकेको सुधा माविका प्रविधीक विषयमा अध्यापन गराई रहेका शिक्षकले वताए । यसै विद्यालयका विद्यार्थी मधु वेल्वासेले भने म अहिले एसएलसी दिई वसेको समयमा विद्यालयमा दश दश ओटा कम्प्यूटर हुदाहुदै पनी एक घण्टाको वेशिक कम्युटर कोर्ष पढ्नको लागी दैनिक ३ घण्टा पैदल हिडी ठाडा अमराई जानेआउने गरेको छु गत वर्ष विद्यालयमा कम्युटर आउदा खुव खुसी लागेको थियो तर यो खुसी धेरैदिन टिक्न सकेन । यसरी कम्प्यूटर वन्द अवस्थामा रहनु कत्तीको उपयुक्त हो भन्ने अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्चका महासचिव तथा स्वतन्त्र पत्रकार डिल्लीराज घिमिरेले गरेको जिज्ञाशामा विद्यालयका प्राचार्य आचार्यले भने विद्यालयको आन्तरिक समस्याको कारण विद्यालयमा अपेक्षाकृत कम्प्यूटर शिक्षा अध्यापन गराउन सकिएको रहेनछ म यो विद्यालय आएको एक महीना जतीमात्र भयो अव हामी प्रभावकारी तवरले यसको सदुपयोग गर्ने योजना वनाउने सोचमा छौ । 
यस्तै कम्प्यूटरको उपलब्धता हुदाहुदै पनी यसको सदुपयोग किन गर्न सकिएन भन्ने पत्रकारको प्रश्नमा हामी भवन निर्माणको अन्तिम तयारीमा छौ अतिरिक्त कोठा वन्दासाथ हामी प्रभावकारी तवरले संचालन गर्ने छौ तर विद्यालयका शिक्षकहरुले फ्रिमा आएका कम्प्यूटर भनेर आवस्यक प्रावीधीक ज्ञान विना नै अनावश्यक लापरवाही तवरले छेड़खानी गर्नेगर्दा पनी यसरी खराव भईरहेको अवस्था हो यसलाई सुधार गर्न सर्वप्रथम शिक्षक स्टाफवाट यसको सही सदुपयोग गर्नुपर्छ भन्ने ज्ञान हुन जरुरी रहेको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष वेल्वासे वताउनु हुन्छ । विद्यालयमा दशओटा कम्प्यूटर आएको एक वर्ष सम्ममा एकजना विद्यार्थीले सम्म यस सम्वन्धी सामान्य शिक्षामात्र पनी प्राप्त गर्न नसक्ने यो अवस्था रहदै गर्दा विदेशमा रहने जिल्लावाँसीको पसीना खेर गएको मात्र देखीन्छ ।
आफुले आवस्यक स्रोत र साधनको अभाव हुदा प्रविधीक शिक्षावाट वन्जित हुनु परेको कारण अरवको खाडीमा ५६ डिग्रीको चर्को घाममा पसिना वगाउने अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा सन्ततिले यस्तो अवस्था नआयोस भन्ने योजनाका साथ प्रत्येक विद्यालयमा आधुनिक शिक्षा पुर्याउने उद्देश्यले आफ्नो मासिक तलब कटौती गरी यस अभियानमा जुटेर विद्यालयमा कम्प्यूटर पुर्याउदा पनी अपेक्षाकृत तवरले वालवालीकालाई शिक्षा प्रदान गराउन नसक्नुमा विद्यालय व्यावस्थापन समिती र अभिभावकको समेत अनदेखी लापरवाह नै हो कि ? समवन्धित निकायले यसप्रती चाँसो देखाउन नसकेको खण्डमा यसरी कम्प्यूटर हस्तान्तरण मात्र गर्नुको औचित्य समेत धरापमा पर्न सक्ने निश्चित छ । 

तस्वीर – डिआरजी सुमन/अर्घाखाँची डटकम् सुधा उच्च मावी जुकेना अर्घाखाँची ।