गिरान्चौर
एकीकृत नमुना बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र
कुञ्जना घिमिरे (सुन्तली)लाई नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवलका
बालबालिकाले १ लाख २० हजार रुपैँया सहयोग गरेका छन्।
नगरपालिकाका
१ सय १७ बाल क्लबले सुनवलबासीबाट गरेको रकम संकलन धुर्मुस सुन्तलीलाई हस्तान्तरण
गरेका हुन्। गिरान्चौर नेपालकै पहिलो बालमैत्री, अपाङ्गमैत्री
र वातावरणमैत्री एकीकृत नमुना बस्ती बन्न लागेकाले उक्त सहयोग गरेको सुनवल नगरबाल
क्लबकी संस्थापक अध्यक्ष विपना शर्माले बताइन्।
देशभर
रहेका २१ हजार बालक्लबहरुलाई बन्दै गरेका बालमैत्री एकीकृत बस्ती निर्माणमा सहयोग
गर्नुपर्छ भन्ने सन्देश दिन यो सहयोग गरेको उनको भनाई छ। सुनवलबाट बालबालिकाको
समूह गिरान्चौरमा नै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका छन्। सुनवल नगरपालिकाको
सहयोगमा प्रत्येक घरघर पुगेर संकलन गरिएको उक्त रकम बस्तीमै पुगेर हस्तान्तरण गर्न
पाउँदा निकै खुसी लागेको सुनवल नगर बाल सञ्जालकी अध्यक्ष वर्षा गैरेले बताइन्।
बालबालिकाले
पनि आवश्यक पर्दा सहयोग गर्न सक्छन्, भन्ने
उदाहरणका लागि पनि यो कार्य गरिएको उनको भनाई छ । सहयोग रकम बुझ्दै धुर्मुस
सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बालबालिकाले गरेको उक्त सहयोगको
प्रशंसा गरेका छन्। बालमैत्री समाजमा हुर्केका बालबालिकाको सोच नै फरक हुने भएकाले
नै आफूहरुले गिरान्चौरलाई बालमैत्री एकीकृत बस्ती बनाउने प्रण गरेको उनले बताए। सेतोपाटिमा खबर छ ।