“अग्नीपीडित राहत बितरण” पहिलो चरणको दोस्रो कार्यक्रम खन गाविसमा सम्पन्न ( फोटो फिचर )

पहिलो प्रकासित मिती: २०७३ जेष्ठ ३१ सोमबार 

डिआरजी सुमन
खन, अर्घाखाँची । अर्घाखाँचीका बिभिन्न स्थानमा शुरु गरेको अग्नी पीडित राहत बितरण कार्यक्रमको पहिलो चरणको दोस्रो राहत हस्तान्तरण कार्यक्रम आज खन गाबिस भवनमा सम्पन्न भएको छ।अर्घाखाँची सम्पर्क समिति यु.ए.ई.ले सोमवार खनमा अग्नि पिडितलाई राहत बितरण गरेको छ । 
खन गाविस निवासी चित्रकला खनाल र बिष्णु खनालको परिवारलाई राहत स्वरुप खाद्यन्न बितरण गरेको हो । अग्नि पिडितलाई राहत बितरणको दोस्रो चरण अन्तर्गत खन गाविसका दुई घर अग्नि पिडितलाई समितिले दुई दुई कुईन्टल चामल,एक एक पेक तेल र दाल हस्तान्तरण गरेको हो । अर्घाखाँची संपर्क समिती यु ए ई का केन्द्रीय सचिव घनश्याम ज्ञवाली, कोषाध्यक्ष बिष्णु खनाल, केन्द्रीय सदस्य कमल खनाल नारायण पोख्रेल, दुबइ क्षेत्रीय समिती अध्यक्ष जे पि पोख्रेलको व्यावस्थापनमा रास अल खिमा समितीका सल्लाहकार मुमलाल पाण्डेको उपस्थितीमा पीडितहरुलाई हस्तान्तरण गरिएको थियो।
अर्घाखाँची सम्पर्क समिति यु.ए.इ रसअल खेमा शाखाका क्षेत्रीय सलाहकार मुमलाल पाण्डेले खन गाविसमा भएको कार्यक्रममा बिपतका वेला सानो सहयोग पनि पिडितका लागि ठुलो राहत हुने महसूस गर्दै युएईवाट सहयोग संकलन गरी राहत दिने योजना वनाईएको वताउनु भयों । कार्यक्रममा कालिका नेपाल राष्ट्रीय उच्च माबिका प्राचार्य भुवन खनालले यसरी सहयोग योजना लिएर संस्थाले ठुलो योगदान दिएको वताउदै खुलेर सराहना गर्नु भयों । गावीस स्तरीय विपत व्यावस्थापन समितीको तर्फबाट सदस्यहरु ऋषिराम पोख्रेल, प्रकाश खनाल, सुन्तला बिक, गंगाराम खनाल लगायतले मन्तब्य राख्दै अर्घाखाँची सम्पर्क समिति यु.ए.ई ले सञ्चालन गरेको अभियानले पिडितको घाउमा मलम लगाउन सघाऊ पुगेको धारणा व्याक्त गरेका थिए । स्थानीय शान्ति समितिका खनका संयोजक भविश्वर पोख्रेलले विदेशमा पसिना वगाएर पनी अर्घाखाँचीवाँसीले यसरी जिल्लाको लागी योगदान पुर्याउदा खुसी व्याक्त गर्दै आगामी दिनमा संस्था अझ सक्रिय होस भन्ने कामना गर्नु भयों ।
कार्यक्रममा वोल्ने प्रया:सवै वक्ताले बिदेशको चर्को गर्मीमा गएर अर्घाखाँचीका युवाहरुले जिल्लाबासीका लागि ठुलो राहत दिएको बताएका थिए । स्थानीय विपत व्यावस्थापन समिति अध्यक्ष एवं खन गाविस सचिव थानेश्वर खनालले विदेशमा बस्ने अर्घाखाँचीका युवाहरुले परिवारका लागि मात्रै नभई समग्र समाजका लागि गरेको कार्य प्रसंशनीय रहेको बताउनुभयो । खनालले आगामी दिनमा कसैलाई दैबीक बिपत्ती नलागोस भन्दै सहयोगी संस्थाका अध्यक्ष राजु खड्का,अर्घाखाँची सम्पर्क समिति यूएई परिवार,अन्तराष्ट्रीय अर्घाखाँची सम्पर्क मन्च राहत वितरण कार्यका सहजकर्ता विशेष गरी दुवईवाट नेपाल आई प्रत्यक्ष राहत वितरण गर्ने संस्थाका क्षेत्रिय सल्लाहकार मुमलाल पाण्डेलाई धन्याबाद दिदै जहाँ संकट त्याहाँ डिआरजी सुमनको योगदानलाई खुलेर प्रसंसा गर्नु भयों ।
गाविस स्तरीय व्यावस्थापन समिति अध्यक्ष एवं गावीस सचिव थानेश्वर खनालको अध्यक्षता,अर्घाखाँची सम्पर्क समिति युएईका प्रतिनिधि मुमलाल पाण्डेको प्रमुख आथित्यता,कालिका नेरा उमावी प्राचार्य भुवन खनालको विशिष्ट आथित्यता,अर्घाखाँची सम्पर्क समिति यूएईका केन्द्रीय सचिव घनस्याम ज्ञावलीको श्रीमती गोमा ज्ञावली,संस्थाका केन्द्रिय सदस्य कमल पोख्रेलको श्रीमती सीता खनाल,नारायण खनालको श्रीमती गिता पोख्रेल,इलाक़ा प्रहरी चौकी खनका प्रहरी हवलदार राम वहादुर चौधरी स्थानीय समाजसेवी,राजनैतिक दलका प्रतिनिधि,जिल्ला स्थित पत्रकार वसन्त श्रेष्ठ,अर्जुन भुसाल लगायतको आथित्यता रहेको कार्यक्रममा अन्तराष्ट्रिय अर्घाखाँची मञ्चका महासचिव तथा स्वतंत्र पत्रकार डिल्लीराज घिमीरेको सञ्चालन  रहेको कार्यक्रममा गोमा ज्ञवालीको स्वागत मन्तब्य रहेको थियो । 
जिल्लामा आगलागिका घट्नाले भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै जिल्लाभरका अग्नी पिडितलाई राहत उपलब्ध गराउने समितिको निर्णय अनुसार चरणबद्ध रुपमा राहत बितरण भईरहेको पहिलो चरणको तेस्रो राहत बितरण कार्यक्रम निकट समयमै असुरकोट र धातिबाङ्गमा हुने स्रोतले जानकारी गराएको छ ।