डिल्ली राज खनाल
असुरकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको असुरकोट गावीस ३ स्थित चौतारीमा लु २ त ६३१४ नंवरको ट्याक्टर आज साँझ ६ वजे दुर्घटना भएको छ ।
निरन्तर सडकमा चलिरहेको समयमा आकस्मिक व्याक कम्पेसर लागेको कारण व्रेक फ़ेल भई दुर्घटना भएको ड्राईवर दयाराम सेजवालले जानकारी गराउनु भएको छ ।
सन्धिखर्क देखी असुरकोट चौताराको लागी सीमेन्ट ४० क्विंटल सीमेन्ट र छड लिएर छुटेको ट्याकटर दुर्घटनामा परेको छ । दुर्घटनामा कुनै मानवीय क्षेती भने भएको छैन गाड़ी सड़कदेखी ५० मी तल खसेको छ ।
घटनास्थल प्रहरी हवलदार लक्ष्मण वस्यालको नेतृत्वमा तत्काल ख़िल्जी प्रहरी चौकीवाट गएको सुरक्षा टीममा प्र ज कृष्ण खत्री,विनोद भाट,सुनिल श्रेष्ठले घटनावारे अनुसन्धान भईरहेको जनाउनु भएको छ ।
तस्वीर डिआरजी सुमन / अर्घाखाँची डटकम