नेपाललाई अहिंसा र अघृणाको देश बनाउन शान्ती समाजको अभियान सन्धिखर्कमा ( भिडियो – फोटो सहित )

भिडियो: सुर्य भुसालबाट 

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची १ असार । मानव अधिकारवादी नेता कृष्ण पहाडीले नेपाललाई अहिंसा र अघृणाको देश बनाउन आफुहरु लागि परेको बताउनु भएको छ । द्धन्द्धले देसलाई अघि बड्न नसक्ने भएकाले शान्ती स्थापना गर्न र अहिंसाको अन्त्य गर्न शान्ती समाज लागि परेको बताउनु भएको छ ।
मानव अधिकार तथा शान्ती समाजले अर्घाखाँचीको सन्धिखर्क स्थित शान्ती बगैचामा सञ्चालन गरेको स्वाभिमान आन्दोलनको जागरण सभालाई सम्बोधन गर्दै समाजका सस्थापक सभापति पहाडीले अहिलेकै संबिधानमा अहिंसा शब्द राख्न आग्रह गरेपनि सभासदहरुले नमानेको बताउनु भयो ।
नेपाललाई स्वाभीमानी राष्ट्र बनाउन  शान्ती समाजले देश ब्यापी रुपमा अभियान सञ्चालन गर्दै हिडेको बताउनु भयो ।
कार्यक्रममा समाजका सभापति गंगाधर अधिकारी, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय बिकास अधिकारी लक्ष्मी पाण्डे गौतम, प्रहरी नायब उपरिक्षक नवरत्न पौडेल, नेपालि कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान, एमालेका जिल्ला सचिब राम बहादुर चौहान, एमाओबादीका जिल्ला उपाध्यक्ष ठाकुर कुमार बिक, उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ,  बारका अध्यक्ष केबी भुसाल, पत्रकार महासंघका अध्यक्ष सोभाखर पन्थी, इन्सेकका प्रतिनिधि नारायण भुसाल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम मानव अधिकार तथा शान्ती समाज अर्घाखाँचीका अध्यक्ष बिष्णु भुसालको अध्यक्षता, उपाध्यक्ष माधब पौडेलको स्वागत र सचिब प्रेम आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।