“अग्नीपीडित राहत बितरण” पहिलो चरणको तेस्रो कार्यक्रम असुरकोट गाविसमा सम्पन्न ( फोटो फिचर )

डिआरजी सुमन
अर्घाखाँची डटकम,असुरकोट, अर्घाखाँची (मिति २०७३ असार २ विहीवार) । अर्घाखाँचीका बिभिन्न स्थानमा शुरु गरेको अग्नी पीडित राहत बितरण कार्यक्रमको पहिलो चरणको तेस्रो राहत हस्तान्तरण कार्यक्रम आज असुरकोट गाबिस भवनमा सम्पन्न भएको छ। 
जिल्ला स्थित वास्तविक अग्नी पीडीत परिवारलाई राहत पुर्याउने उद्देश्यले संस्थाले असुरकोटमा २१ वोरा चामल,७ प्याक तेल र ३२ किलो दाल जन्य खाद्यन्न बितरण गरेको हो ।
अर्घाखाँची सम्पर्क समिति यु.ए.इ रसअल खेमा शाखाका क्षेत्रीय सलाहकार मुमलाल पाण्डेले असुरकोट गाविसमा भएको कार्यक्रममा बिपतका वेला सानो सहयोग पनि पिडितका लागि ठुलो राहत हुने महसूस गर्दै युएईवाट सहयोग संकलन गरी राहत दिने योजना वनाईएको वताउनु भयों ।
गावीस स्तरीय विपत व्यावस्थापन समितीको तर्फबाट सदस्य तुल्सीराम वेल्वासे,वडा नागरिक मन्चका जेदु भण्डारी,पत्रकार रुद्धमणी भुसाल,पीडीत सालिकराम भण्डारी लगायतले मन्तब्य राख्दै अर्घाखाँची सम्पर्क समिति यु.ए.ई ले सञ्चालन गरेको अभियानले पिडितलाई सघाऊ पुगेको धारणा व्याक्त गरेका थिए । वोल्ने वक्ताहरुले विदेशमा पसिना वगाएर पनी अर्घाखाँचीवाँसीले यसरी जिल्लाको लागी योगदान पुर्याउदा खुसी व्याक्त गर्दै आगामी दिनमा संस्था अझ सक्रिय होस भन्ने कामना गरेका छन कार्यक्रममा वोल्ने प्रया:सवै वक्ताले बिदेशको चर्को गर्मीमा गएर अर्घाखाँचीका युवाहरुले जिल्लाबासीका लागि ठुलो राहत दिएको बताएका थिए । गाँउ विपत व्यावस्थापन समिति अध्यक्ष एवं असुरकोट गाविस सचिव मदन वेल्वासेले विदेशमा बस्ने अर्घाखाँचीका युवाहरुले परिवारका लागि मात्रै नभई समग्र समाजका लागि गरेको कार्य प्रसंशनीय रहेको बताउनुभयो ।
गाविस स्तरीय व्यावस्थापन समिति अध्यक्ष एवं गावीस सचिव मदन वेल्वासेको अध्यक्षता,अर्घाखाँची सम्पर्क समिति युएईका क्षेत्रीय सलाहकार मुमलाल पाण्डेको प्रमुख आथित्यत,अर्घाखाँची सम्पर्क समिति युएईका क्षेत्रीय सदस्य दामोदर खनाल,पत्रकार रुद्धमणी भुसाल,प्रहरी जवान विनोद भाट,रिषीकेश चौधरी र स्थानिय गाविस स्तरीय प्रकोप व्यावस्थापन समिती,प्रहरी चौकी,स्थानीय शान्ती समिती,वडा नागरिक मन्च प्रतिनिधीको आथित्यतामा भएको कार्यक्रममा चारजना अग्नी पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो ।
अन्तराष्ट्रिय अर्घाखाँची मञ्चका महासचिव तथा स्वतंत्र पत्रकार डिल्लीराज घिमीरेको सञ्चालन गरेको कार्यक्रममा जिल्लामा भएको आगलागिका घट्नाले भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै अर्घाखाँची सम्पर्क समितीको राहत जिल्लाभरका अग्नी पिडितलाई राहत उपलब्ध गराउने समितिको निर्णय अनुसार चरणबद्ध रुपमा राहत बितरण भईरहेको पहिलो चरणको चौथो राहत बितरण कार्यक्रम निकट समयमै धातिबाङ्गमा हुने जानकारी छ । 
तस्वीर:  डिआरजी सुमन/अर्घाखाँची डटकम/असुरकोट अर्घाखाँची