औधषी व्यवसायी संघ अर्घाखाँचीको अधिवेशन सन्धिखर्कमा सम्पन्न

सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । नेपाल औधषी व्यवसायी संघ अर्घाखाँचीको चौथो अधिवेशन सन्धिखर्कमा सम्पन्न भएको छ । 
तस्बिर: फेसबूकबाट 
सम्पन्न अधिवेशनले लिलामणी ढुङ्गानाको अध्यक्षतामा ९ सदस्सीय जिल्ला कार्यसमितिको गठन गरेको छ । 
यस्तै संघको उपाध्यक्षमा हिराकुुमार श्रेष्ठ, महासविचमा प्रेमबहादुर पछाई, कोषध्यक्षमा टंक भुसाल, सचिवमा तिलक राम मिश्र, उपकोषाध्यक्षमा रामप्रसाद अधिकारी र सदस्यहरुमा अमृत गाहा, अनिता शर्मा, नेत्र पाण्डे लगायतका रहेका छन् । 
साथै कार्यक्रमको प्रमुख अथिति केन्द्रिय निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गरेका थिए । 
कार्यक्रममा उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तथा अर्घाखाँची उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुरप्रसाद श्रेष्ठले औषधीको मुल्यमा एकरुपता ल्याउनु पर्नेमा जोड दिनुका साथै बिगतमा फार्मेसीहरुमा भएका कमि-कमजोरी समेत सच्चिएको उल्लेख गरेका थिए । 
प्रेमबहादुर पछाईको संचालनमा सम्पन्न कार्यक्रममा बुटवल स्थित अंचल शाखाका अध्यक्ष शिव ज्ञवाली, केन्द्रिय उपाध्यक्ष लोकहरी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु