केरुङ्गा बचत तथा ऋण सहकारी संस्थाको भेला सम्पन्न

 प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची ४ असार । केरुङ्गावाट काठमाण्डौमा आइ स्थायी वा  अस्थायी रुपमा बसोबास  गर्नेहरुले सन्चालन गरिरहेको केरुङ्गा बचत तथा ऋण सहकारी संस्थाको भेला तथा बैठक सम्पन्न भएको छ । 
  महिनाको प्रत्येक पहिलो शनिबार बस्नै बैठकको निरन्तरताको रुपमा आज बसेको भेलामा करिव ६०(७० जनाको उपस्थिति रहेको थियो । 
  आज  शनिबार काठमाण्डौको बाल्मिकि क्याम्पसमा   सस्थाका लेखासमिति अध्यक्ष लेखनाथ भुसालले  आय ब्यय सार्बजनिक गर्नुभएको हो । 
  सुरुमा सहकारीको स्वरुपमा स्थापना गरि निरन्तर अगाडि बढिरहेको यो सस्था निकट भबिस्यमै लघुबित्तको रुपमा सन्चालन गर्ने महत्वकांक्षि योजनाको साथ अगाडि बढाउने लक्ष्य लिइएको सस्थाका अध्यक्ष रामु खनालले बताएका छन ।
 भेलावाट आफ्ना सेयर सदस्यहरुलाइ १०५ नगद लाभाशं दिने निर्णय गरेको जानकारी संस्थाका कोषाध्यक्ष सुशिल खनालले बताउनुभएको छ ।