अर्घाखाँची-पोखरा सम्पर्क समाजको अन्तर्क्रिया कार्यक्रम सम्पन्न ! राष्ट्रिय सहमतिको सरकार बनाउन गृहकार्य भइरहेको उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको भनाई

वीरेन्द्र केसी 
पोखरा । अर्घाखाँची-पोखरा सम्पर्क समाजको अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । 
सो अवसरमा उपप्रधान तथा ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले संविधान कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको सरकार बनाउन गृहकार्य भइरहेको बताएका छन् ।
आन्दोलनका उपलब्धीलाई संस्थागत गर्न र संविधान कार्यान्वयन गरी चुनाव गराउन सबैको सहमति आवश्यक पर्ने बताए । संविधान लागु गर्न केन्द्र, प्रदेश र स्थानीय निकायको चुनाव गर्नु आवश्यक छ, शनिबार  समाजको अन्तर्क्रियामा उनले भने, सरकार गिराउने र फेरि बनाउने भन्दा पनि सबै दल सरकारमा सहभागी भएर मिलेर अगाडी बढनुपर्छ, यसमा सरकारले सहमतिका साथ अगाडि बढ्न गृहकार्य गरिरहेको छ ।
वर्तमान सरकारले ल्याएको बजेटले सबैतिर तरंग ल्याएको भन्दै विकास निर्माण, वृद्धभत्ता, सांसद विकास कोष, कर्मचारीको तलव वृद्धि लगायतमा योजनामा कांग्रेस लगायत सबैले विरोध गर्ने ठाउँ नै नभएको तर्क गरे ।
रायमाझीले अर्घाखाँचीको नौमुरे, वाग्लुङको उत्तरगंगा, बुढीगण्डकी लगायतका जलविद्युत योजनाका लागि बजेट छुट्टिएको र तत्काल टेण्डर खुलाएर काम अगाडि बढाउन ऊर्जा मन्त्रालयले तयारी गरिरहेको बताए । ऊर्जा मन्त्रालयको घर-घरमा विजुली र जनजनमा सेयर भन्ने नारा अगाडि सारेर काम गरिरहेको छ, माओवादी संसदीय दलका उपनेता समेत रहेका रायमाझीले भने,  जसले जति पैसा राख्न सक्छ त्यतिको सेयर हुन्छ । जलविद्युत आयोजना पनि बन्ने, देश पनि धनी हुने र सेयर हालेका व्यक्ति पनि धनी बनाउने नीति छ । केही दिनभित्र टेण्डर खुल्छ ।
उनले विकास निर्माणका काममा सबै दलका नेता मिलेर जानुपर्ने आवश्यकता रहेको बताए । 
यस्तै मन्त्री रायमाझी पोखरा स्थित ओशो तपोवनको एक कार्यक्रममा सहभागीता भएका थिए । 

अन्य समाचारहरु