इराकी सेनाले फलूजा शहरमा कब्जा गरेपछि ठूलो संख्यामा मानिसहरु पलायन

इराकी सेनाले त्यहाँको फलूजा शहरमा कब्जा गरेपछि ठूलो संख्यामा मानिसहरु आफ्नो थातथलोबाट पलायन भइरहेका छन् । जसका कारण ठूलो मानवीय आपत सृजना भएको चेतावनी संयुक्त राष्ट्रसंघले दिएको छ ।
इराकी सेनाको चार हप्ता लामो सैन्य कार्वाहीपछि फलूजालाई आईएसको नियन्त्रणबाट मुक्त गरिएको थियो । यस संघर्षका क्रममा ज्यान बचाउन ८० हजारभन्दा बढी मानिस भागेर अन्यत्र गएको राष्ट्रसंघको अनुमान छ ।
अरु २५ हजार सर्वसाधारण पनि उक्त स्थानबाट भाग्ने तयारीमा छन् । शरणार्थीको अत्यधिक चापका कारण शिविरसम्म पीडितका लागि रसद पानी पु