अपराध र आतंक रोक्ने हो भने मुसलमान नागरिकको प्रोफाइल बनाउन ट्रम्पको सुझाव

अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकामा अपराध र आतंक रोक्ने हो भने मुसलमान नागरिकको प्रोफाइल तयार गर्नुपर्ने बताएका छन् ।
यसतर्फ सरकारले तत्काल गम्भीरताका साथ सोच्नुपर्ने ट्रम्पको भनाइ छ ।
नश्ल, जाती र धर्मका आधारमा तयार गरिने यस प्रोफाइलिङले उक्त व्यक्ति समाजका लागि खतरा हुने वा नहुने भन्ने टुंगो गर्न सघाउने ट्रम्पले बताए ।
यता, ट्रम्पको यस भनाइप्रति आलोचकहरुले भने निन्दा गरेका छन् । यसले मुस्लिम समुदायमा घृणाको भावना बढाउने काममात्र हुने उनीहरुको तर्क छ ।
हालै फ्लोरिडाको ओरल्याण्डस्थित एक क्लवमा मच्चाइएको हत्याकाण्डपछि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।
इजरायल र अरु केही देशले पनि यस्तो कार्य सफलतापूर्वक गरिरहेको जिकीर ट्रम्पको छ ।
यसअघि पनि ट्रम्पले मुस्लिमलाई अमेरिका आउन रोक्नुपर्ने प्रतिक्रिया दिएका थिए । (एजेन्सी)