कालिका ने.रा.उ.मा.वि.खनमा आधुनिक शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न

 डिआरजी सुमन
खन,अर्घाखाँची । अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान अन्तर्गत रहेको श्री कालिका ने.रा.उच्च मा.बि खनमा आज एक औपचारिक कार्यक्रमका साथ थप शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । “आधुनिक शिक्षा अभियान”ले गत २०७२ बैशाक ०१ गतेका दिन १० थान कम्प्यूटर लगायतको शैक्षिक सामाग्री हस्तान्तरण गरे पछी निरन्तर आधुनिक प्रबिधीको लाभ उठाईरहेका बिद्यार्थीलाई अझ बिज्ञान र प्रबिधीसँग नजिक बनाउन आर्थिक सन्कलनबाट बचेँको रकमलाई सदुपयोग गरी आज एक थान प्रोजेक्टर र ल्यापटप हस्तान्तरण गरिएको छ ।
कार्यक्रमलाई भब्यताको साथ सन्देश मुलक बनाउन आधुनिक शिक्षा अभियानका पदाधिकारीहरु उपादक्ष्य सुशीला पराजुली,सोही विद्यालयका अभियान सह संयोजक तथा साउदी प्रतिनिधि प्रमुख समाजसेवी गिरिराज खनाल,स्वतन्त्र पत्रकार संघ नेपाल अर्घाखाँचीका अध्यक्ष हरी प्रसाद भुसाल “नेपाली”,पत्रकार एवं अन्तराष्ट्रिय अर्घाखाँची संपर्क मन्चका महासचिव डिल्लिराज घिमिरे,स्थानीय समाजसेवी,अभिभावक,बिद्यार्थी,राजनिती प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । यस कार्यक्रममा अभियान्ता सह-संयोजक गिरीराज खनाल,अन्तराष्ट्रिय अर्घाखाँची संपर्क मन्चका महासचिव डिल्लिराज घिमिरे,अभियानको उपादक्ष्य सुशीला पराजुलीले संयुक्त रुपमा विद्यालयका प्राचार्य भुवन खनाल र विद्यालय व्यावस्थापन समिति अध्यक्ष वाल कृष्ण आचार्यलाई हस्तान्तरण गर्नु भएको छ ।
कार्यक्रममा संस्थाको तर्फवाट मन्तव्य राख्दै अन्तराष्ट्रिय अर्घाखाँची संपर्क मन्चका महासचिव डिल्लिराज घिमिरेले कम्प्यूटरको सही सदुपयोग गर्न आवस्यक रहेको र विद्यालयमा आवस्यक पर्ने अतिरिक्त सामाग्री दिन समेत तयार रहेको जनाउदै कही कतैवाट यसको दुरुपयोग नगर्न अपील गरेका थिए । विद्यालयका शिक्षक तिलक खनालले यस अभियानको खुलेर प्रशंसा गर्दै सम्पुर्ण अभियान्तालाई धन्यवाद व्याक्त समेत गरेनन् साथै सस्थाले दिएको सम्पुर्ण सामानको सही सदुपयोग समेत गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन । 
तस्वीर: डिआरजी सुमन/अर्घाखाँची डटकम्