११ बुदे युवा घोषणा-पत्र जारी गर्दै अर्घाखाँची युवा भेला सम्पन्न

प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची ७ असार ।  ११ बुदे  सन्धिखर्क घोषणा पत्र जारी गर्दै अर्घाखाँचीका युवाहरुको जिल्ला भेला सन्धिखर्कमा सम्पन्न भएको छ ।
वैदेशिक रोजगारमा जानु अगावै र विदेशमा रहेका यूवाहरुका समस्यालाई समाधान गर्न आवश्यक संयन्त्र निर्माणका लागि पहल गर्ने , बेरोजगार महिला (युवती)का लागि गुणात्मक र मार्यादित रोजगारी सिर्जना गर्न सुरक्षामूलक कार्यक्रम संचालनका लागि पहल गर्ने घोषणा पत्रमा समावेस गरिएको छ । 
जिल्ला विकास समिति अर्घाखाँचीको आयोजना र संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको प्राविधिक तथा आर्थिक सहयोगमा  जिल्लाका युवाहरुको १ दिने भेलाबाट  जिल्ला युवा घोषणा पत्र जारी गरिएको हो  ।
घोषणा पत्रमा जिल्लाका सबै गाविसहरु र नपाहरुमा गाविस तथा नपा स्तरीय युवा संजाल गठन गरी परिचालन गर्ने  ,  जिल्लामा अवस्थित सांस्कृतिक धरोहर र कला संस्कृति संरक्षण र सम्बर्धन गर्न यूवा जनशक्तिलाई परिचालन गर्न आवश्यक पहल गर्ने बिषय पनि समेटिएका छन । 
कार्यक्रममा प्राध्यापक विजय केसी, जिविसका कार्यक्रम अधिकृत नेत्र खनाल र युएन एफ पिएका जिल्ला संयोजक कर्ण नेपालीले युवाका बिषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । 
भेलाको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे, नेपाली कांग्रेसका जिल्ला सदस्य लोकेन्द्र बिक, एमालेका जिल्ला सचिब राम बहादुर चौहान, माओबादी केन्द्रका ठाकुर सौराग, राप्रपा नेपालकि पवित्रा पौडेल, राजमोका रुद्रलाल पराजुली, नया शक्तिकि छमकुमारी थापा, परिवार दलका डिल्लीराज भुसाल लगायतले मन्तब्य राखेका थिए । 
कार्यक्रम जिल्ला युवा सञ्जालका अध्यक्ष मनिस सिंहको अध्यक्षता, मधु श्रेष्ठको सञ्चालन र जय गोपाल श्रेष्ठको स्वागतमा सम्पन्न भएको हो ।