गैसस महासंघ अर्घाखाँचीको तदर्थ समिति गठन

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची असार ९ ।  गैर सरकारी महासंघ अर्घाखाँचीको तदर्थ समिति गठन गरिएको छ ।  
शम्भु प्रसाद पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्य समितिको गठन गरिएको छ ।  
सदस्यहरुमा लिलबहादुर विक, राधा नेपाली, पार्वता श्रेष्ठ, लालबहादुर जिसी, ठाकुर अधिकारी, फर्सुराम  पाण्डे, फुलमाया विक, रामकृष्ण विक, कुशुम भुसाल र नजिर मियाँ रहेका छन् । 
कार्यक्रम गैसस महासंघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल इन्चार्ज देवी प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । 
पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष  देवीलाल लामिछाने, गैसस महासंघ जिल्ला अध्यक्ष शम्भुप्रसाद पोख्रेल, लिलबहादुर विक, राधा नेपाली लगायतले उद्घाटन शत्रमा मन्तव्य राखेका थिए । 

अन्य समाचारहरु