अब जिल्ला अदालत अर्घाखाँचीको काम जिबिसको सभाहलबाट ! न्यायाधिस पराजुलीद्वारा न्यायलयले प्रभावकारी ढंगले न्याय सम्पादन गरेको उल्लेख (फोटो फिचर)

अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची । सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिस गोपाल पराजुलीले न्यालयले प्रभावकारी ढंगले न्याय सम्पादन गरिरहेको बताएका छन् । उनले  न्याय बिनाको समाजको परिकल्पना पनि गर्न नसकिने बताए ।
जिल्ला अदालत अर्घाखाँचीको उद्घाटन गर्दै उनले सबै निकाय उत्तरदायि र पारदर्शी बने विधिको शासनको प्रत्याभूति हुने बताए । शसस्त्र द्वन्द्वकालमा तत्कालिन विद्रोही पक्षको आक्रमणमा भवनमा  क्षति पुगेको थियो ।  भवन पुर्ननिर्माणको काम थालनी भएपछि जिल्ला विकास समितिको सभाहल भाडामा लिएर कार्यालय खडा गरिएको छ । न्यायाधिस पराजुलीले उक्त कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । ‘विधिको शासन भनेको दण्डरहित समाज हो’ उनले भने,’राज्यको जन्म न्यायको लागि भएको हो, प्रत्येक नागरिकको जन्म न्यायको लागि भएको हो ।’ उनले तल्लो तहको अदालतलाई माथिल्लो तहको अदालतले सेवा सुविधा उपलव्ध गराउनु पर्ने बताए । ‘सर्वोच्चले सरकारसँग माग गरेर सेवा सुविधा उपलव्ध गराउनुपर्छ’ उनले भने, ‘सरकारले आनाकानी गर्नुहुँदैन ।’
उनले हिजोको समाज धेरै सरल भएको भन्दै आजको समाजमा छलछाम बढ्न थालेको बताए ।  ‘हिजो आकांक्षा र आवश्यकता कम थिए’ उनले भने, ‘आकांक्षा र आवश्यकता बढेसँगै समाजमा अन्याय गर्ने पनि बढे ।’ न्यालयले तत्कालिन विद्रोही पक्षलाई हानी नोक्सानी हुने गरि कुनै गतिविधि नगरेको भएपनि अदालत माथि आक्रमण हुनु दुखद पक्ष भएको बताए । चीनमा तत्कालिन समयमा  माओसेलुङले न्यायलयमाथी नियन्त्रण जमाउन खोज्नु र वुद्धका मुर्ति ध्वस्त पार्ने काम गलत भएको स्वीकारेको स्मरण गराउँदै उनले न्यायलयलाई कुनै पक्षले पनि आफ्नो पोल्टामा पार्न खोज्न नहुने बताए  ।
 उनले प्रविधिको विकासले फड्को मारेको भन्दै प्रविधिलाई अधिकतम उपयोग गरेर काम गर्न जिल्ला अदालतका कर्मचारीलाई निर्देशन दिए । ‘हिजो कटुवाललाई सूचनाको आधार मान्नुपपर्दथ्यो’ उनले भने, ‘आज प्रविधिका उपकरणबाटै सहज ढंगले सूचना आदानप्रदान गर्न सकिन्छ ।’ उनले समयसँग परिवर्तित हुन कर्मचारीलाई सुझाव दिए । गतिशिलता बिनाको समाज अघि बढ्न नसक्ने भन्दै उनले समय अनुसार रुपान्त्रित हुन आवश्यक रहेको बताए । उनले पानमा दर्ता गराएर कानून फर्म खोल्न कानून व्यवसायीलाई आग्रह गरे । ‘वरिष्ठ अधिवक्ताको दावी छ भने पनि  कानून व्यवसायीहरुले मलाई भन्दा हुन्छ’ उनले भने, ‘म माथी कुरा पु-याएर पक्रिया अघि बढाउँछु ।’ केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष समेत रहेका पराजुलीले जिल्लामा मुद्दा फैसला कार्यान्वयनमा केहि समस्या रहेपनि त्यसलाई माथि छलफल गरेर हल गर्ने बताए । उनले छिटो सम्पन्न हुने गरि काम अघि बढाउन भवन निर्माणको जिम्मेवारी पाएका ठेकेदारलाई निर्देशन दिए । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको सहयोगमा करिव ४  करोडको लागतमा भवन निर्माण हुँदै छ । जिल्ला अदालतका न्यायाधिस केशवप्रसाद बास्तोलाले जिल्ला अदालतले डिएन परिक्षणको मुद्दा बाहेक अन्य मुद्दा एक वर्ष भित्रै फर्यौट गरिएको बताए । 
उनले द्वन्द्वकालमा क्षति भएका सबै सरकारी कार्यालय शान्ति पक्रियापछि पुर्ननिर्माण भएपनि अदालतको पुर्ननिर्माणमा कसैको पनि ध्यान नगएको बताए । ‘न्यायलय जस्तो महत्वपूर्ण कार्यालय ढिलै भएपनि पुर्ननिर्माणको चरणमा प्रवेश गरेको छ’ उनले भने, ‘सबैको सहयोग लिएर समयमै निर्माण गर्नुपर्छ ।’ कार्यक्रममा जिल्ला अदालतका श्रस्तेदार महेश खनालले समेत मन्तव्य राखेका थिए । पुनारावेदन अदालत वुटवलका निमित्त मुख्य न्यायाधिस  प्रकाशचन्द्र गजुरेल, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतम लगायतको कार्यक्रममा  उपस्थिति थियो । 

अगाडि प्रकासित समाचार:-  
टुडिखेल-सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम )। जिल्ला अदालत अर्घाखाँचीले नयाँ भबनमा सरेर अाफ्नो काम कार्वाही सुरु भएको छ । अदालतको पुरानो भबन भत्काई नयाँ भबन बन्न थालेपछि जिल्ला बिकास समिति अर्घाखाँचीको सभाहल भाडामा लिई सरिएको हो । 
सो भबनको सर्बोच्च अदालतका  बरिस्ठ न्यायाधीश गोपाल पराजुलीले उद्घाटन गरेका थिए । 
उद्घाटन गर्दै न्यायाधीश पराजुलीले न्याय मानब सभ्यताको सबैभन्दा ठुलो अग भएको बताएका  थिए ।  जिल्ला अदालत अर्घाखाँचीको निरिक्षण पछि अायोजित कार्यक्रममा बोल्दै बरिस्ठ न्यायाधीश पराजुलीले सुद्द न्याय जनमुखि न्याय दिनका लागि कर्मचारी हरु लाई निर्देशन दिएका थिए । 
जिल्ला अदालतको नयाँ कार्यस्थलको उदघाट्नको लागि उपस्थित अतिथीलाई जिल्ला न्यायाधीश केशव प्रसाद बास्तोलाले स्वागत गरेका थिए । 
कार्यक्रम जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले संचालन गरेका थिए । 
उता टुडिखेल नजिक अदालत सरेपछि सेबा ग्राहि खुसि भएका छन् ।