भारत न्यूक्लियर्स सप्लायर्स ग्रुपको सदस्य बन्न असफल

भारत, न्यूक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी)को सदस्य बन्न असफल भएको छ ।
दक्षिण कोरियाको राजधानी सियोलमा भएको एनएसजी बैठकको विशेषसत्रमा ब्राजिल र स्वीट्जरल्यान्डलगायतका मुलुकले भारतलाई समर्थन नगरेपछि उसको चाहना सफल हुन नसकेको हो ।
सन् २००८ मा भने ती मुलुक भारतको पक्षमा थिए । भारतको आशाअनुसार अमेरिकाले पनि भूमिका नखेलेको बताइन्छ ।
भारतको चीनसँग पनि सम्बन्ध राम्रो हुन सकेन । भारत-अमेरिकाको सम्बन्धका कारण पछि चीनको भूमिका सकारात्मक बन्न नसकेको अनुमान गरिएको छ ।
योपटक भारतले एनएसजीको सदस्य बन्न विगत केही महिनादेखि