अन्तरवार्ता: समाजसेवामा समर्पित रहदै अर्घाखाँची ठुला पोखरावाँसी मुमलाल पाण्डे

नेपालदेखी वाहीर रहेर पनी नेपालीको पीड़ामा सहकार्य गर्दै आउनु भएका युवा समाजसेवी मुमलाल पाण्डे एक दशक देखी मध्यपुर्वको खाड़ी मुलुक संयुक्त अरव ईमिरेट्मा कार्यरत हुनुहुन्छ । अर्घाखाँची सम्पर्क समिति यु ए ई क्षेत्रीय समिति रस अल खैमाह सल्लाहकार मुमलाल पान्डे यस पटक विदामा नेपाल आएदेखी नै उहाँ निरंतर अग्नीपीडतको तथ्यांक संकलन र राहत वितरण कार्यमा व्यास्त हुनुहुन्छ यसैविच अर्घाखाँची डटकम संवाददाता डिआरजी समुन ले उहाँसँग २०७३ असार १३ गतेको दिन गरिएको एक कुराकानी :

तपाई युईमा रहेर कसरी दिन विताई रहनु भएको छ ?
मुमलाल पाण्डे : सुमन ज्यु राम्रो जिज्ञाशावाट सुरुवात गर्नु भयो यु ए ई मा रहेर राम्रोसँग त को होला र ? सबै आ आफ्नो मजबुरीले नै हो आफ्नो घर परिवार बाट छुटेर सात समुन्द्रपार बस्ने अनि सुखदुःख मा सबै नेपाली भाइ साथीहरू सँग हातेमालो गरेर सबै लाई सहयोगमा साथ लिने दिने गर्न पाएकोमा मनलाई सन्तुष्टि मिल्छ अनि यसैगरी आगामी दिनको 
लागि पनि सबैको साथ र सहयोग मिल्लाभन्ने आशा लिई प्रदेशी जीवन बिताई रहेको छु ।

दुवईमा रहने अर्घाखाँचीवासीको अवस्था कस्तो छ ? 
मुमलाल पाण्डे : अर्घाखाँचीबासीको सन्दर्भमा भन्नुपर्दा हर कसैको आफ्नो भर पर्ने कुरा हुन्छ हाम्रा साथीभाइहरु नेपाल् बाट ठुलो संघर्ष गरेर एजेन्टलाई आफ्नो घर खेत धितो राखी पैसा दिएर बिदेश जाने क्रम सबैलाई जानकारी नै छ जनतन बिदेशको धर्तीमा पुगेपछि आफ्नै धुनमा हुन्छन् त्यति बेला कहि कसैलाई पनि चासो खाचो नराख्ने चलन मैले पाएको छु उनीहरु तब चासो देखाउन खोज्छन जब आफुलाई कुनै समस्याले घेरा हाल्न खोज्छ ।
त्यसै कारणले संघसंस्थासंग सम्पर्कमा रहनेहरुलाई त्यति दुख छैन कसैको पनि जानकारी बिना भित्र लुकि काम गर्ने कामदारलाई संस्थाले केही गर्न सक्दैन र कतिखेर कहाँ के पर्छ भन्न सकिदैन ।

दुवईमा कती वर्षदेखी काम गर्दै आउनु भएको छ ?
मुमलाल पाण्डे : म दुबईमा सन 2007 देखि छु त्यति खेर म जादा रस अल खैमाह भन्ने ठाउँमा अर्घाखाँचीको मान्छे भेट्न निकै गाह्रो पर्थ्यो आफू सँग पनि प्रशस्त समय हुदैन थियो । पन्ध्र सोह्र घण्टा ड्युटी हुन्थ्यो कुनै संघसंगठनका कुरा पनि सुन्न पाईएन पछी आएर डिउटी टाईमबाट बचेको समयमा संघसंगठनका साथीहरूसँग सम्पर्कमा आएर अर्घाखाँची सम्पर्क समिति यु ए ई दुबईमा मात्र भएको हुँदा हामीले क्षेत्रमा पनि बिस्तार गर्ने सोच बनाई यहि जनवरी सन 2016 मा यु ए ई को रस अल खैमाहमा १३ जना को टिम बनाई क्षेत्रीय समिति गठन गरेका हौ ।
जिल्लामा तपाईहरुको अग्नीपीडत राहत आएको थियो कसरी वितरण गर्नु भयों ?
मुमलाल पाण्डे : यो राहत कसरी आयो भन्ने हुन्छ अर्घाखाँचीमा आग लागि हुँदा म यु ए ई मा थिए अर्घाखाँची जल्दा मेरो मन पनि जलिरहेको थियो यसैले हामिहरु संघ संस्थामा कुरा उठाउने तर्फ लागियो अब हामीले के कसरी सहयोग गर्न सकिन्छ भन्ने सन्दर्भमा राहत संकलन गर्न सुरु गरि केन्द्र र क्षेत्रको साथ र सहयोगमा राहत अग्नि पीडित सम्म पुराउन सफल भयौ ।
राहत वितरण योजना कसरी वनाउनु भयों अनी तपाईको भुमिका के रहयो ?
मुमलाल पाण्डे : मेरो भुमिका भन्नु पर्दा जून कुरा अठोट गरि राहत संकलनमा लागि परेको थिए मैले सोचे अनुसारको सफलता पाए र यु ए ई देखि नेपाल आएर पीडित सम्म आफै पुगेर उनीहरुको पिर वेथा बुझ्न् पाउँदा गरे के हुदैन र भनी मलाई यहाँ सम्म पुग्न सहयोग गर्ने अर्घाखाँची सम्पर्क समिति यु ए ई र अर्घाखाँचीका विभिन्न गाबीसमा जानको लागि सहयोग गर्ने मित्रहरु अन्तर्राष्ट्रिय अर्घाखाँची मन्चका महासचिव एवम् स्वतंत्र पत्रकार डिल्लीराज घिमिरे र सुरक्षाकर्मी लाई मेरो यो भुमिकामा साथ दिनुभएको मा अर्घाखाँची सम्पर्क समिति यु ए ई परिवार र म आफ्नो तर्फबाठ पनि धन्यवाद दिन चाहान्छु ।
तपाईहरु जम्मा कती रक़म संकलन गर्नु भएको थियो र आगमी योजना के छ ? कती समय नेपाल वस्दै हुनुहुन्छ ? 
मुमलाल पाण्डे : रकम पहिलो चरण को एक लाख त्रिसठ्ठी हजार को थियो जस मध्ये हामीले ४ गाबिसलाई बिभाजित गरेका थियौ जसमा जुकेना,खन,असुरकोट र धातिबाङ परेका थिए । आगामी योजना यहि नै भन्ने त केही छैन कही केही परेमा हाम्रो संस्था यानी कि अर्घाखाँची सम्पर्क समिति यु ए ई ले १४ अञ्चल ७५ जिल्लामा जहाँ जस्लाई परेपनी सहयोग गर्न पछाडी हटदैन म नेपालमा कति बस्ने भन्ने बिषयमा वाँकी डेढ महिना बस्छु त्यस् पछि दुबई जान्छु ।
अन्त्यमा केही भन्न चाहानु हुन्छ ? 
मुमलाल पाण्डे : अन्त्यमा मलाई साथ र सहयोग गर्ने विभिन्न संघ संस्था तथा सहयोगी मित्र अनि मेरो कार्यक्रममा सहयोग गर्नु हुने जिल्लाका प्रतिष्ठित मीडिया सुर्योदय एफएम,देउराली एफएम,नया एफ एम,अर्घाखाँची डटकम् अर्घाखाँची टाईम्स साथै अन्तर्राष्ट्रिय अर्घाखाँची मन्चका महासचिव डिल्लीराज घिमिरेलाई विशेष धन्यवाद दिन चाहान्छु । मीडियाले हाम्रा अगाडिका काम पनि यसरी नै सफल बनाईदिन सहयोग गर्नेछ भन्ने अपेक्षा गर्दै अर्घाखाँची सम्पर्क समिति यु ए ई परिवार र म मुमलाल पान्डे पनि धन्यवाद दिन चाहान्छु ।
आफ्नो व्यास्त समयको वावजुत आफ्नो समय उपलब्ध गराई हाम्रो मीडियासम्म विचार आदान गरिदिनु भएकोमा धन्यवाद व्याक्त गर्दछु ।
मुमलाल पाण्डे : आज म कहाँ तपाई कहाँ तर आफ्नो मीडिया नेटवर्क प्रयोग गरी मेरो अन्तरवार्ता लिनु भई संदेश प्रवाह गर्ने अवसर दिनु भएकोमा तपाई र अर्घाखाँची टाईम्सका संवादाता डिआरजी सुमन र मीडिया परिवार प्रति आभारी छु,धन्यवाद ।