सन्धिखर्क, अर्घाखाँची । राष्ट्रपतिको भारत भ्रमण पछि नेपाल भारतको सम्बन्ध थप प्रघाड हुने नेपालका लागी भारतीय राजदुत रन्जीत रे ले बताएका छन् । भ्रमणको बिषयमा कुटनितीक पहल भइरहेको र छीटै दुबै देशका राष्ट्रपति भ्रमणको मिती तय हुने राजदुत रे को भनाइ छ ।
रिपोटर्स क्लब अर्घाखाची शाखाले सन्धिखर्कमा आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदुत रे ले नेपाल र भारतको भौगोलीक,सामाजीक र धार्मिक सम्बन्ध जुन किसीमको छ त्यस्तो अन्य मुलुकमा देखिदैन । नेपालको शान्ति,स्थिरता र विकास प्रती भारत सधै सकारात्मक रहेको छ । केही दीनमा हुन लागेको नेपाल भारत बिचको उच्च स्तरीय बैठकले सम्बन्धलाइ थप प्रघाड बनाउन सहयोग गर्ने राजदुत रे को बिस्वास छ ।
तराई आन्दोलनलाइ लक्षित गर्दै राजदुत रे ले नेपालको अस्थिरता र अशान्तिले भारतमा समेत असर पार्ने हुदा त्यसप्रति भारतको चासो हुनु स्वभाबिक रहेको जीकीर गरेका छन् । तराइ आन्दोलन लाइ नेपाल सरकारले वार्ताबाटै समाधान खोज्नुपर्नेमा रे को जोड रहेको छ । नेपालमा जलबिद्युत,पर्यटन र कृषिमा धेरै सम्भावना रहेकोले ती क्षेत्रहरुको बिकासमा भारत सधै सहयोग र सहकार्य गर्न तयार रहेको उनको भनाइ छ ।
नेपालको शिक्षा र स्वास्थ्यलाइ बढि प्राथमिकता दिइएको भएतापनी आगामी दिनमा अन्य क्षेत्रमा समेत सहयोग गर्न भारत तयार रहेको उनले बताएका छन् । नेपालमा अहिले ५३० परीयोजना भारतले सञ्चालन गरीरहेको र थप परीयोजना प्रकृयामा रहेको बताए् ।
पाणीनी बहुमुखी क्याम्पसको बिकास, जिल्लाको खानेपानी, सिंचाइ र भुतपुर्व भारतीय पेन्सनर हरुको लागी पेन्सन क्याम्प स्थापनाका लागी आफुले पुर्णरुपमा सहयोग गर्ने बताएका छन् । नेपाल भारत सहयोगमा निर्मित ३ वटा बिद्यालय भबनको उद्घाटनार्थ राजदुत रे अर्घाखाची आएका हुन् ।
– राम कुमार क्षत्रीबाट