अर्घाखाँचीलाई नेपालकै नमुना जिल्ला बनाउने उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको घोषणा

अर्घाखाँची जिल्लालाई लोडसेडिङ मुक्त, सवै गाविसमा कालोपत्रे बाटो निमार्ण गर्ने, धरमपानीमा विमान स्थल निमार्ण, खानेपानीमा सुख्खाग्रस्त जिल्ला घोषणा गरी जिल्लालाई नेपालकै नमुना जिल्ला बनाउने घोषणा  

घनश्याम पौडेल
सन्धिखर्क, अर्घाखाँची ।  उपप्रधानमन्त्री तथा उर्जामन्त्री  टोपबहादुर रायमाझीले अर्घाखाँची जिल्लालाई नमुना जिल्ला बनाउने वताउनुभएको छ । 
अर्घाखाँची जिल्लामा भारतको सहयोगमा निमार्णादिन भवनको उदघाटन समारोहमा यस्तो वताउनुभएको हो ।  मन्त्री रायमाझीले अर्घाखाँची जिल्ला लाई लोडसेडिङ मुक्त, सवै गाविसमा कालोपत्रे बाटो निमार्ण गर्ने, धरमपानीमा विमान स्थल निमार्ण, खानेपानीमा सुख्खाग्रस्त जिल्ला घोषणा गरी जिल्लालाई नेपालकै नमुना जिल्ला बनाउने घोषणा गर्नुभयो । 
नेपाल र भारत विचको सम्वन्ध घनिष्ठ रहेको उपप्रधान तथा उर्जामन्त्री टोपवहादुर रायमाझीको भनाई रहेको छ । सामाजीक, सांस्कृतीक, भौगोलिक, आर्थिक लगाएत सवै क्षेत्रमा राम्रो सम्वन्ध रहेको वताउनुभएको छ । 
उदघाटन समारोहमा बोल्दै मन्त्री  रायमाझीले अहिलेको समयमा मुख्य ३ दलहरु मिलेरसहमतिको सरकार वनाएर आजको आवश्यकता भनेको सविधान कार्यन्वयन गर्ने मुख्य काम भएकोले एक आपसमा समझदारी र सहकार्य गरेर राष्ट्रिय सहमतीको सरकारको आवश्यक रहेको दावी गर्नुभयो ।
उहाँले अर्के प्रसङमा एक वर्षमा आधारभुत लोडसेडिङ, दुई वर्षमा सय प्रतिशत र दश वर्षमा दश हजार मेगावाट विद्युत उत्पादन गर्ने वताउनुभयो । 
भारतीय राजदुतावासको आर्थिक सहयोगमा निमार्ण सम्पन्न जनज्योती उमावि सन्धिखर्क, शान्ती उमावि वागी र अर्घारजस्थल मावि अर्घामा उपप्रधान तथा उर्जामन्त्री टोपवहादुर रायमाझी र नेपालका लागी भारतीय राजदुत रन्जीत रायले उदघाटन गरेका छन । 
नेपाल भारत मैत्री भवन जिल्लामा ३ वटा निमार्ण भएका हुन, निमार्णमा शान्ती उमावी वागी ७५ लाख ३३ हजार, जनज्योती उमावि १ करोड ५१ लाख र अर्घारजस्थल मावि ४ करोड ९३ लाखमा सम्पन्न भवन निमार्णमा सवै भारत सरकारको सहयोग रहेको थियो । 
त्यस्तै राजदुत रायले नेपालको शिक्षा र स्वास्थ्यलाइ बढि प्राथमिकता दिइएको भएतापनी आगामी दिनमा अन्य क्षेत्रमा समेत सहयोग गर्न भारत तयार रहेको उनले बताएका छन् । नेपालमा अहिले ५३० परीयोजना भारतले सञ्चालन गरीरहेको र थप परीयोजना प्रकृयामा रहेको बताए् ।
अर्घाखाँचीमा भुतपुर्व भारतीय पेन्सनरहरुको लागी पेन्सन क्याम्प स्थापना
त्यस्तै राजदुत रायले अर्घाखाँचीमा रहेको पाणीनी बहुमुखी क्याम्पसको विकास, जिल्लाको खानेपानी, सिंचाइ र भुतपुर्व भारतीय पेन्सनरहरुको लागी पेन्सन क्याम्प स्थापनाका लागी आफुले पुर्णरुपमा सहयोग गर्ने बताएका छन् ।