प्रेम आचार्य
सन्धिखर्क, अर्घाखाँची १४ असार । नेपाली कांग्रेस जिल्ला कार्य समिति अर्घाखाँचीको सन्धिखर्कमा रहेको बिपि स्मृति भवनमा ताला लगाएको प्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीका असन्तुस्ट पक्षहरुले कांग्रेस केन्द्रिय कार्यलय सानेपामा लिखित उजुरी दिए पश्चात हिज सोमबार पाटी कार्यलयमा गरेको तालाबन्दीले कांग्रेस जनमा अपमान गरेको जनाइएको छ ।
जिल्ला कार्य समितिको पाटी कार्यलय सन्धिखर्कमा जिल्ला सभापति बिष्णु खनाल मुस्कानको अध्यक्षतामा बसेको आकस्मीक बैठक पछि जिल्ला सचिब छबिलाल पौडेलले जारी गरेको प्रेस विज्ञप्तीमा ताला लगाउने निन्दनीय रहेको बताइएको छ ।
असन्तुस्ट पक्षहरुको बहकाउमा नलागी पाटी संगठनको काममा अगाडी बढ्न पनि कार्यक्रतालाई विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।