भूकम्पबाट अतिप्रभावित ११ जिल्लाहरुमा निजी आवास पुनःनिर्माणका लागि पौने दुई लाख घरधुरीहरुसँग अनुदान सम्झौता

भूकम्पबाट अतिप्रभावित ११ जिल्लाहरुमा निजी आवास पुनःनिर्माणका लागि हालसम्म करिब पौने दुई लाख घरधुरीहरुसँग अनुदान सम्झौता भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी यही असार १२ गते आइतबारसम्म १ लाख ७१ हजार ७ सय ५२ घरधुरीहरुसँग अनुदान सम्झौता सम्पन्न भएको जानकारी गराएको हो ।
यस अवधिसम्ममा करिब ८५ हजार १ सय २८ ओटा गुनासाहरु दर्ता गरिएको रेकर्ड रहेको पनि जनाइएको छ ।
प्रथम चरणमा बैंक तथा वित्तीय संस्थाहरुको कार्यालयहरु भएका ठाउँहरु जम्मा १ सय ८७ गाविसका करिव १ लाख ७१ हजार लाभग्राहीहरुलाई समेट्ने गरी सम्झौता भएको पनि मन्त्रालयले जनाएको छ । इमेजखबरमा समाचार छ ।