जनज्योती उच्च मावि चुत्राबेशीले माफी मागेपछि ताला खुल्यो

जनज्योती उच्च मा.वि चुत्राबेशीले माफी माग्दै । भिडियो: हरी प्रसाद भुसालबाट
सन्धिखर्क, अर्घाखाँची ( अर्घाखाँचीडट्कम ) । भारतीय राजदुताबासको आर्थिक सहयोगमा सम्पन्न भएको स्कूल उद्घाटन कार्यक्रममा नेपालका उपप्रधानान्त्री टोप बहादुर रायमाझी र भारतीय राजदुत रञ्जित रे उपस्थित सभामा राष्टविरोधी स्वागत गित गाएको भन्दै विधार्थीहरुले जनज्योती उच्च मावि चुत्राबेशीमा गरेको ताला खुलेको छ । 
नेपालका उपप्रधानमन्त्री भन्दा भारतीय राजदूत ठूला ?
तस्बिर: अन्नपूर्णपोस्टबाट 
भारत परस्त गीत गाएपछी जनज्योती उच्च मा.वि.मा अर्घाखाँची जिल्लामा क्रीयाशिल पाँच विद्यार्थी संगठन विद्यार्थी संगठनहरु नेविसंघ, अखिल, अखिल क्रान्तीकारी, अखिल छैठौं, र अखिल (विपल्प) समूहले लगाएको ताला मंगलवार खुलेको हो ।  स्वागत गित गाएको भन्दै कडा विरोध भएपछि असावधानीका कारण यस्तो घटना भएको र यो घटनाले आफुहरु स्तव्ध भएको भन्दै जनज्योती उच्च मा.वि चुत्राबेशीले माफी मागेको छ ।
राष्टियतामा आँच आउनेगरी स्वागत गित प्रस्तुत भएपछि त्यसको विरोधामा क्याम्पस प्रमुखले राजिनामा दिनुपर्ने माग गर्दै जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरुले सोमबार विद्यालयमा तालावन्दी गरेका थिए ।
विद्यालय प्रशासन र विद्यार्थीहरुविच सोमबार र मंगलबार भएको बार्तामा विद्यालयले आत्मआलोचना सहित माफी माग्दै अव उप्रान्त यो प्रकृतीको गल्ती नदोहोराउने प्रतिवद्धता व्यक्त गरेपछि तालावन्दी खुलेको विद्यार्थी संगठनहरुले जनाएका छन् । वार्तापछि विद्यालयले पत्रकार सम्मेलनको आयोजना गरी असावधानीवस गल्ती भएको भन्दै माफी मागेको थियो ।
विद्यालयले माफी मागेपछि संयुक्त आन्दोलन औपचारीक रुपमै सकिएपनि अखिल छैठौंले विद्यालय व्यवस्थापन समितिको खारेजी र विद्यालयका प्राचार्यको राजिनामा सहित आवश्यक कारवाहीको माग गर्दै जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा ज्ञापनपत्र बुझाएको छ । यद्यपी अहिलेसम्म जिल्ला शिक्षा कार्यालयको आधिकारीक धारण नआएको भट्टराइले जानकारी दिएका छन् ।
उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुुर रायमाझी प्रमुख अतिथी बनेर पुगेको कार्यक्रममा आयोजकले  ‘भारतले जे भने पनि नेपालले मान्नुपर्ने’ भन्दै स्वागत गीत गाएपछि  व्यापक आपत्ती – आलोचना भएको थियो ।   देशको स्वाभिमानमा आँच आएको भन्दै  यसको फेसबूक लगायत सामाजिक सन्जालमा चर्को आलोचना भएको थियो ।
अर्घाखाँचीको सन्धिखर्क- २ स्थित जनज्योति उमावीका विद्यार्थीले ‘भारतले जे भनेनी स्विकार गरि मान’ भन्दै स्वागत गीत गाएका हुन् । भारतीय राजदूतावासको १ करोड ५१ लाख रुपैयाँ अनुदान पछि बनेको विद्यालय भवनको आईतबार भएको उद्घाटन समारोहमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी, भारतीय राजदूत रणजीत राय पुगेका थिए ।
उद्घाटन समारोहमा रायमाझी प्रमुख अतिथि थिए भने, राय विशिष्ट अतिथि बनेर विद्यालय भवन उद्घाटन गर्न पुगेका थिए । विद्यार्थीहरुले स्वागत गीत गाउँदा ‘भारतले जे भनेपनि नेपाल’ले मान्नु पर्ने सुनाएपछि अविभावक लगायत सम्पूर्ण अचम्ममा परेका थिए ।
यस्तो थियो गीत
भारत छोडी अन्त नाता कहीँ पनि जोड्न पाउँदैनौं,
भारतसँग नाता छोडी कहीँ पाउँदैनौं जान
भारतले जे भनेनी स्विकार गरि मान,
भारतले गर्दा पायौं हामीले यत्रो ज्ञान
यो भन्दा ठूलो अरु कहीँ पाउँदैनौं ज्ञान


अर्घाखाँचीमा उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको भन्दा भारतीय राजदुतको मर्यादाक्रम माथि राखेर शिलालेख निर्माण

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीमा उपप्रधान मन्त्री टोपबहादुर रायमाझीको भन्दा भारतीय राजदुत रञ्जित रेको मर्यादाक्रम माथि राखेर शिलालेख निर्माण गरिएको छ ।
भारतीय राजदूताबासको सहयोगमा निर्माण भएका जिल्लाका तीन विद्यालयका शिलालेखमा मर्यादाक्रम भंग गरिएको हो । तर उपप्रधानमन्त्री टोपबहादुर रायमाझी आफै कार्यक्रममा उपस्थित भएर विद्यालय भवन र शिलालेखको उद्घाटन गर्दा समेत कुनै प्रतिकृया जनाउनुभएन । सन्धिखर्कको चुत्राबेसी जनज्योती उच्च मावि, बागीको शान्ती उच्च मावि र अर्घाको अर्घा रजस्थल माविमा निर्माण भएका भवनको शिलालेख राजदूत रेलाई माथि र उपप्रधान मन्त्री रायमाझीलाई तल राखेर निर्माण गरिएको हो ।
अहिले जिल्लामा यही विषय चर्चाको विषय बनेको छ । शनिबार बागीको शान्ती उच्च मावि तथा आइतबार सन्धिखर्कको जनज्योती उच्च मावि र अर्घाको अर्घा रजस्थल माविको भवन शिलान्यास भएको थियो । उपप्रधान मन्त्रीको मर्यादा विपरित भएको भनेर विद्यार्थी संगठनले जनज्योती उच्च माविमा निर्माण भएको भवन शिलालेखमा कालो पोतेको नेविसंघका जिल्ला अध्यक्ष युवराज पाण्डेले बताउनुभयो ।
जिल्लामा कृयाशिल विद्यार्थी संगठनहरु नेविसंघ, अखिल, अखिल क्रान्तीकारी, अखिल छैठौं, र अखिल (विपल्प) समूहले विद्यालयमा तालाबन्दी गरी कालोपोतेका हुन् । तत्काल शिलालेख सच्चाउन विद्यार्थी संगठनले माग गरेको अखिलका जिल्ला अध्यक्ष प्रदिप नेपालीले बताउनुभयो ।
जन्ज्योतीमा २०६४ सालमा ।