नरपानीकी महिलाले पैसाको लागि आफ्नै १६ दिनको बच्चा बेचिन्, पुर्पक्षका लागि थुनामा

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम )। आफुले जन्माएको बच्चालाई १६ दिनमा अर्को एक महिलालाई बेचेको आरोपमा जिल्ला अदालत अर्घाखाँचीले एक ३६ वर्षिय महिलालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं ६ नरपानी कि सुकवीर नेपाली कि श्रीमति कमला नेपालीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । अदालतले निजलाई मानव बेचबिखन ओसारपसार ( नियन्त्रण ) अन्तर्गत थुनामा राख्ने आदेश दिएको छ ।
कमला नेपाली कारागारमा महिला राख्ने ब्यबस्था नभएको कारण जिल्ला प्रहरी कार्यालयको महिला थुनुवा कोठामा छिन भने छोरा-छोरी नभएका कारणले छोरा छोरी को रुपमा पाल्न लगेकी महिलासंग सो बच्चा रहेको छ । 
स्थानीय मिना नेपालीको जाहेरिले सो मुद्दा अदालमा परेको थियो ।
सहयोगी बिसीबाट 

अन्य समाचारहरु