असार १५ सम्म अर्घाखाँचीमा १५ प्रतिशत रोपाइँ सकियो ( फोटो सहित )

घनश्याम पौडेल “परिश्र्रमी”
सन्धिखर्क, अर्घाखाँची, १५ असार ।    जिल्ला कृषि विकास कार्यालय अर्घाखाँचीको  आयोजनामा यही असार १५ गते १३ औँ राष्ट्रिय दिवस असारे रोपाइँ महोत्सव सम्पन्न भएको छ  ।
व्यवसायिक धान खेतिको आधार, सामुदायिक नर्सरीको विकास भन्ने मुल नारा सहित धान दिवस मनाईएता पनी लामो समय देखिको खडेरीले गर्दा असार १५ गते सम्म १५ प्रतिशत रोपाई सम्पन्न भएको जिल्ला कृषी विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरीलाल गैरेले बताए ।
गत वर्ष पनी वर्षा समयमा नभएकोले रोपाई श्र्रावण अन्तिम हप्ता सकिएको थियो, अहिले पनी लामो समय देखिको खडेरीले  यस वर्ष पनी रोपाई ढिलो  भएको हो । अझैपनि मुल फुट्नेगरी वर्षा नभएपनि खोलानालाका आसपास र सिंचाईको सुविधा पुगेका ठाउँमा रोपाई भैरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत योग प्रसाद खरेलका अनुसार  अझै ८५ प्रतिशत खेतमा रोपाई गर्न वाँकी रहेको छ पानी नपरेर खडेरी लागेका कारण कृषकले रोपाई गर्न पाएनन, पानी समयमा नपरेर खेतमा पानी लगाउदाँ लडाई समेत हुने गरेको छ ।
यतिवेला जिल्लाका पानी लाग्ने फाटमा रोपाई भएता पनी टारी खेतमा धुले बिउँ राखेका छन, पानी नपरेर कृषक चिन्तीत छन, उनले भने ।
१५ गते रोपाई दिवसका दिन प्रमुख जिल्ला अधिकृत सुरेन्द्र पौडेलले सन्धिखर्क नगरपालीका १३ विहारमा धान रोपेर उदघाटन गरेका हुन ।
धान रोपाईमा स्थानिय विकास अधिकृत लक्ष्मी पाण्डे गौतम, वरिष्ठ कृषी विकास अधिकृत योग प्रसाद खरेल लगाएत विभिन्न कार्यालयका प्रमुख, राजनितीक दलका प्रमुख तथा प्रतिनिधी लगाएतको उपस्थितीमा रोपाई दिवस सम्पन्न गरिएको हो ।