अर्घाखाँचीको दुर्गाफाँटमा २५% खेत समेत रोपाई नहुँदा कृषक चिन्तित, खडेरीको कारण खोला सुख्खा,असार १५ खल्लो (फोटो फिचर)

( पहिलो प्रकासित मिती: २०७३ आषाढ १५, बुधवार)

डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची । यस पटक असार १५ गते सम्म अर्घाखाँची जिल्लाको दुर्गाखोलामा पानीको अभावमा धेरै खेत रोप्न वाँकी रहेका छन् । 
विगतका वर्षहरुमा यो समयमा रोपेर सकिने खेत यस पटक खडेरिकै कारणवाँझो जोतिएका समेत छैनन । पटौटी मैदान र पोखराथोकवाट आउने पानीको संगम क्षेत्र उत्ताराखण्डको प्रसिद्ध स्थल त्रिवेणी धाम निकट रहेको विम वहादुर शुर्यवंशीको खेतमा गतसाल आजकै दिन ३०-३५ जना खेताला लगाएर रोप्ने खेत पानीको अभावमा यस पटक समयमा नरोपीएको कृषक सुमित्रा पाण्डेले जानकारी गराउनु भयो ।
यस्तै दुर्गाफाटको तल्लो भागमा जिवन घिमिरेको खेतमा पनी पानीको अभाव देखेंको कारण ६०-७० जना खेताला एकैदिन लगाउने सपना टुक्रिएको जानकारी दिनुभयो । दुर्गाफाटमा पानीको अवस्था निकै कमज़ोर भएको कारण धेरै कृषक दुखीत नै देखाएका छन भने दुर्गाखोला सुख्खा नै छ । त्रिवेणीदेखी वाँसको रुख़ सम्म फैलिएको दुर्गाफाटमा यस पटकको असार १५ मा मुस्किलले १५ जनाको खेत रोपीएको छ । उता साउवोट देखी वाँसको रुख़ सम्मको क्षेत्रमा फैलिएको सिस्नेफाँट भने पुर्णरुपमा रोपाई सकिएको देखीन्छ ।
प्रत्येक वर्ष असार १५ कै दिन रोपाई गर्ने परम्परा अन्तर्गत वाँसको रुखवाँसी थानेश्वर घिमिरेको खेतमा भने असार १५ को वास्तविक रौनक़ देखीयो । पाँचहल गोरु ३५-४० जना खेताला लगाईएकोले खेतमा वास्तविक असार १५ को रौनकता छाएको देखियो तर कृषकको समस्त समस्या अन्तर्गत वाँसको रुख देखी चिभेक सम्म कृषि सड़क नहुदा आवागमनमा भने समस्या परेको स्थानिय कृषकले पत्रकारसँग गुनासो गरेका थिए । 
तस्वीर: डिआरजी सुमन/अर्घाखाँची डटकम