अपरिचित नयाँ अनुहारका मानिसहरु अर्घाखाँचीका गाउँ-गाउँमा ! ढिकुराको गाउँमा पसी धम्काउदै चोरी

ढिकुराको गैराकोट । तस्बिर: फेसबूबाट 
भुवन के.सी 
ढिकुरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका विभिन्न गाउँमा नयाँ अनुहारका मानिसहरुको अनेक बहानामा व्यापारिक शैलीमा आवतजावत बढेको देखिन्छ । 
यस्तै अर्घाखाँची जिल्लाको ढिकुरा- १ को टोडेयारमा आज मध्याह्न तिर ३ जनाको समुहमा आएका अपरिचित ब्यक्तिहरुबाट गाउँमा पसी स्थानियहरुलाई धम्काउने तथा चोर्ने काम भएको छ । 
टोडेयार निवासीहरु साबित्रा भट्टराई, नर बहादुर के.सी र तुलसा बिकको घरमा पसी महिला मात्र भएको समयमा अभद्र व्यवहार गर्ने, महिलाहरुले लगाएका गहना लुट्ने प्रयास गर्ने, जबर्जस्ति घरभित्र पस्ने र तुल्सा बिकको घरभित्रबाट दुईवटा मोबाइल झोला लगायतका सामान चोरेर जङ्गल पसेका हुन । 
लगभग २५ देखि ३० बर्ष उमेर देखिने ती चोरहरुले नक्कली गहनाहरु, लागुपदार्थ समेत झोलामा बोकेको र सबैलाई देखाउदै हिडेका छ्न ,गाउँलेहरु खेतमा व्यस्त भएको समया भएको यो घटनाले गर्दा स्थानियबासीहरु त्रसित छ्न ।
यसमा सम्लग्न भएको आसन्का र ३ जना युवाहरु सो समयमा जाँदै गरेको देखेका प्रत्यक्षदर्शीको भनाई अनुसार एकजनालाई किटानी सहित स्थानियले  प्रहरीलाई जानकारी गराएका छन् ।
यो सम्बन्धमा स्थानिय ढिकुरा युवा परिसदले निगरानी गरिरहेका छ्न ।