वित्तीय ठगी गरेको आशंकामा गुगलको मेड्रिड कार्यालयमा छापा

स्पेनका कर अनुसन्धानकर्ताको समूहले करको
मामिलामा गुगलको मेड्रिड कार्यालयमा छापा मारेका छन्।

 

वित्तीय ठगी गरेको आशंकामा फ्रान्सेली
अनुसन्धानकर्ताको समूहले गत महिना गुगलको पेरिस मुख्यालयमा छापा मारेको थियो।

 

फ्रान्स,
बेलायत र अन्य देशले गुगल, एप्पल, याहु र अन्य
प्राविधि कम्पनीहले आफ्नो देशमा लाभ उत्पन्न गरेर अन्य देशमा लागानी गरेको गुनासो
गरेको जनाइएको छ।

 

गत जनवरी महिनामा गुगलले बेलायतलाई १ सय ३०
मिलियन पाउण्ड कर तिर्ने सहमति जनाएको थियो।

 

तर कर प्रचारक
तथा सांसदको विरोधका कारण उक्त सहमतिमा केही अड्चन आएपछि गुगलले प्रक्रिया अघि
नबढाएको जनाइएको छ।
सेतोपाटिमा खबर