सन्धिखर्कको बिहार फाँटमा धान दिवसको सहि उपयोग बृक्षारोपण

सन्धिखर्कमा  ।

गोपालप्रसाद भट्टराई
सन्धिखर्क, अर्घाखाँची । हिजो असार १५ अर्थात राष्ट्रिय धान दिवस देशभर धान रोप्ने, हिलो छ्याप्ने, दही चिउरा खाने तथा विभिन्न औपचारिक कार्यक्रम समेत गरेर मनाइयो ।
यसको प्रभाव अर्घाखाँचीमा पनि सन्धिखर्कको बिहार फाँटमा औपचारिक कार्यक्रम को साथमा धान रोपाइ गरिएको थियो ।
कृषि मन्त्रीले समेत गमलामा धान रोपेर दिवस मनाउदा करिब छ बर्षदेखी चुरे संरक्षण अभियानमा जुटेको नरपानी – खाँचीकाेट चुनढुङ्गा उत्खनन रोक्का संघर्ष समिति अर्घाखाँचीले भने नर्तनान्चल पहाडमा बृक्षारोपणको आयोजना गरेर सार्थकरूपमा दिवस मनाएको छ ।
संघर्ष समितिका अगुवा एवम् राष्ट्रिय जनमोर्चाका राप्ती-लुम्बिनी क्षेत्रीय उपाध्यक्ष शेर बहादुर बि.सी. र संघर्ष समितिका अध्यक्ष पिताम्बर खासुको नेतृत्वमा लाकुरी,चिलाउने,पैयो जस्ता स्थानीय स्तरमा पाइने करिब पाँच हजार बिरुवा रोपेको समितिले जनाएको छ ।
बृक्षारोपणमा नरपनी,खाँचिकोट लगायत प्रभावित क्षेत्रका करीब पाँच सय जनाको सहभागीता रहेको नेता बि.सी.ले जानकारी दिनुभएको छ ।