सन्धिखर्कबाट पिपलधाराको लागि छुटेको जिप दुर्घटना

( पहिलो प्रकासित मिती: २०७३ आषाढ १७, शुक्रवार)

प्रेम खड्का 
कटेरी, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कबाट पिपलधाराको लागि छुटेको जिप पातल कटेरीमा दुर्घटना भएको छ ।
लु १ ज १७६९ नम्बर जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । घाइतेको तम्घास जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।   गाडी सन्धिखर्कबाट शुक्रबार २ बजे पिपलधाराको लागि छुटेको थियो ।  
घाइतेमा पिपलधाराका नाम नखुलेकालाई समेत तम्घास पठाइएको छ । यस्तै तम्घास पठाइएका खनदह -१ का गंगा खनाल र अर्की चुदाली आमा भनी बोलाउने  रहेका छन् ।  
गुल्मीबाट आएको जिपमा घाइतेलाई पठाइएको हो । जिपका चालक इश्वरी खनाल र मालिक बसन्त काउछ रहेको बताइएको छ । 
दुर्घटनाको कारण अहिले सम्म खुल्न सकेको छैन । उता अर्घाखाँचीमा शुक्रबार देखि भीषण बर्षा शुरु भएको छ भने कयौ गाउँ-गाउँमा चल्ने सवारी साधन पहिरो, बाढीले भत्कदा  बन्द भएका छन् । 

अन्य समाचारहरु