नेपाल विश्वकै आकर्षक मुलुक: सनी लियोनी

पहिलो पटक नेपाल आउँदाभन्दा
दोस्रो पटक आउँदा धेरै प्रशंसक फेला पारेकी बलिउडकी हट नायिका सनी लियोनीले तेस्रो
पटक नेपाल आउँदा अझ बढी प्रशंसक भेटिन् । तेस्रो पटकको तुलनामा चौथो पटक अझ धेरै
प्रशंसक देखा परे । यसपटकको चौथो भ्रमण अविस्मरणीय बन्न पुगेको छ
, प्रशंसकहरूलाई ह्यान्डल गर्न
आयोजकहरूलाई हम्मे
हम्मे
परेको छ
, जिंक
भोड्काद्वारा आयोजित ब्रान्ड इन्डोर्समेन्ट कार्यक्रमका लागि होटल हायातमा थुप्रै
नेपाली सञ्चारमाध्यमबीच साप्ताहिकसँग मात्र विशेष कुराकानी गर्दै सनीले भनिन्
चौथो पटकको भ्रमणमा प्रशंसकको
संख्यामा वृद्धि भएको देखेर म उत्साहित छु । जति पनि फ्यान मैले नेपालमा भेटें
, उहाँहरू मप्रति अत्यन्तै
सहिष्णु पाएँ । उहाँहरू साँच्चै मलाई माया गर्नु हुँदो रहेछ
, सद्भाव राख्नुहुँदो रहेछ । 


जिंक
भोड्काको उत्पादन प्रवद्र्धनका निम्ति काठमाडौं आएकी सनीले आफ्ना प्रशंसकहरूलाई
खुसी तुल्याउन हरसम्भव प्रयास गरिन् । सनी उनीहरूलाई आफ्नो हस्ताक्षरसहितको जिंक
भोड्काको बोतल प्रदान गर्नेदेखि सेल्फी खिचाउनेसम्मको कार्यक्रममा सरिक भइन् ।
सनीका अनुसार भद्रता नै नेपालीहरूको सबैभन्दा ठूलो विशेषता हो । छोटो भ्रमणका
क्रममा उनी काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रको भ्रमणमा निस्किइन्
, जहाँ उनले प्रशंसकहरू आफू नजिक
आउन चाहेको अनुभूति गरिन् । उच्च सुरक्षा अपनाउन सल्लाह दिइए पनि आफ्ना
फ्यानहरूसँग आफू पनि नजिक हुन चाहेको सनीले बताइन् । घुम्ने क्रममा केही मानिसले
सनीसँग सेल्फी लिएका थिए । उहाँहरूले मसँग सेल्फी लिन चाहे पनि
, आनन्दचाहिँ मलाई आयो, सनीले भनिन् यस्तो फ्यान बेस, म अरू मुलुकमा कल्पना पनि गर्न
सक्दिनँ । भीड ठूलो भए पनि यहाँका नागरिक शान्त छन् । मेरा नेपाली फ्यानमा अधिकांश
युवायुवती छन्
, यस्तो
शान्त युवापुस्ता यो देशको भविष्य हो
, जुन एकदमै सकारात्मक पक्ष हो । सनीले थपिन्  मुख्य कुरा यहाँका मानिसहरू
असाध्यै सरल छन् ।  



कुराकानीका
क्रममा सनीले पटक
पटक
नेपाल विश्वकै आकर्षक मुलुक भएको बताइन् । त्यसैले नेपाल आउने भन्नेबित्तिकै आफू
उत्साहित हुने गरेको सनीको भनाइ छ । जसरी कुनै पनि स्थान पहिलो पटक घुम्दा त्यसको
अनुपम आनन्दलाई सविस्तार वर्णन गर्न सकिँदैन
, त्यसरी नै हरेक पटक नेपाल आउँदा पहिलो पटक आए जस्तो महसुस हुने उनको अनुभव छ ।
धेरै पटक नेपाल आइसके पनि यो मुलुकप्रतिको आत्मीय सम्बन्ध बढ्दै गएको सनी
बताउँछिन् । नेपालको संस्कृति
, यहाँका मठमन्दिर, गुम्बा
तथा यहाँका अरू धेरै कुरा विशेष छन्
, हरेक पटक आउँदा म ती स्थानमा दोहोर्‍याएर पुग्छु, सनीले भनिन् काठमाडौं उपत्यकाबाहिर त
अहिलेसम्म जान पाएकी छैन
, तर
काठमाडौंबाहिर अझ सुन्दर नेपाल छ भन्ने जानकारी पाएकी छु
, ती पर्यटकीय स्थल पुग्ने सपना
साँचेर बसेकी छु ।
 


सोमबार
नेपाल आएकी सनी मंगलबार बिहान माउन्टेन फ्लाइटमार्फत सगरमाथा अवलोकन गर्न
चाहन्थिन् तर मौसमका कारण त्यो सम्भव भएन । मंगलबार बेलुकी साप्ताहिकसँगको
कुराकानीमा उनी भन्दै थिइन्
भगवान्को कृपा भए बुधबार बिहान नेपालका हिमाली क्षेत्र अवलोकन गर्न पाउने थिएँ
अर्को
पटकको भ्रमणमा मिलेसम्म उपत्यकाबाहिरका पर्यटकीय स्थलको अवलोकनमा निस्कने सनीले
बताइन् । दुर्भाग्य
, बुधबार
पनि मौसम सफा नभएका कारण माउन्टेन फ्लाइटमा जाने सनीको सपना अधुरै रह्यो ।
 


सनी
नेपाल आउनुपूर्व नै यो मुलुकका बारेमा आफूलाई धेरै कुराको ज्ञान भएको बताउँछिन् ।
नेपालको माउन्ट एभरेस्ट विश्वका निम्ति अनुपम प्राकृतिक उपहार भएको उनको तर्क छ ।
सनी भन्छिन्
यस्तो अद्वितीय प्राकृतिक आश्चर्य नेपालमा छ
। सनीका अनुसार गौतम बुद्ध यही मुलुकमा जन्मनु अर्को गौरवको कुरा हो । म सगरमाथा र
बुद्धको देश नेपाल पुगेर फर्किएको भनेपछि मेरा साथीहरू छक्क पर्छन्
, उनीहरूका थुप्रै जिज्ञासा
हुन्छन्
, सनी
भन्छिन्
आफ्नो नेपाल यात्राको वर्णन गर्दा मेरा साथीहरू कुनै दिन नेपाल भ्रमण गर्ने
कल्पनामा डुबिरहेका हुन्छन् ।
सनीले बुद्ध धर्मको प्रशंसा पनि खुलेरै गरिन् । बुद्ध धर्म आकर्षक भएकैले
विश्वभर यसका अनुयायीहरू रहेको उनले बताइन् ।
 


नेपालको
सबल पक्ष भनेको यहाँका युवायुवती भएको उनको तर्क छ
, यो देशलाई अघि बढाउने, विश्वमाझ नेपालको छवि अझै
उजिल्याउने दायित्व उनीहरूमाथि छ । मलाई उनीहरू यति कन्फिडेन्ट लागे कि अब नेपालको
भविष्य सुरक्षित हातमा जाँदैछ भन्नेमा म ढुक्क छु
, सनीले भनिन् पुर्खाले बनाइदिएको यस्तो
सुन्दर मुलुकलाई यी आत्मविश्वासी युवायुवतीले अझ उचाइमा पुर्‍याउने छन्
 नेपाली युवतीहरूका बारेमा तपाईंको दृष्टिकोण ? भन्ने प्रश्नमा सनीको उत्तर
थियो
मलाई
नेपाली युवतीहरू साह्रै सेन्सुअल लागे ।
कान्तिपुरमा
 बिदुर खतिवडाको समाचार छ