नरपानीको जंगलमा व्यापारी गोली काण्डका योजनाकार रुद्रप्रसाद पराजुलीको बाँकी कैद सजाय माफी, जेलबाट छुट्दै

सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा कारागार कार्यालय अर्घाखाँचीका कैदी रुद्रप्रसाद पराजुलीको बाँकी कैदको सजाय आज माफी गरेकी छन्। कारागार नियमावलीअनुसार राष्ट्रपतिले पराजुलीको सजाय माफी गरिदिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
अभियुक्त: रुद्र पराजुली (बाँया )  राजु आचार्य र  लक्ष्मण सुनार । 
२०६९ फाल्गुन ७ गते सोमबार साँझ  सन्धिखर्क गोरुसिंगे सडक अन्तरगत नरपानीको जंगलमा सन्धिखर्कका व्यापारी तारा सुनारलाई जंगलमा लगेर गोली हानेका थिए । पराजुली व्यापारीलाई गोली हानी हत्या गर्न खोज्ने योजनाकार रुद्रप्रसाद थिए । 
योजनाकार सन्धिखर्कका रुद्र पराजुली र गोली हान्ने कपिलवस्तु तिलौराकोट वर्मेलीटोलका सागर भन्ने राजु आचार्य र सगै गएका अर्घाखाँची  पोखराथोकका विमल भन्ने लक्ष्मण सुनारलाई २०६९ सालमा जेल चलान गरेको थियो । सो समय घटनास्थलबाट प्रहरीले ईटालीन ९९ एमएस मेडईन पेस्तोल, एक गोली, २ मिसफायर गोली र एक खोका, नगद ४ लाख ६५ हजार सहित सुन तौल्ने मेसिन र धातुकाटने औजार बरामद गरेको थियो । 
कारागार नियमावली, २०२० को नियम २९ को उपनियम (१) र (२ क) एवम् सजाय माफी, मुल्तबी, परिवर्तन वा कम गर्नेसम्बन्धी कार्यविधि, २०७१ बमोजिम हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा सात वर्ष कैद फैसला भई तीन वर्ष तीन महिना सात दिन सजाय भुक्तान गरेका पराजुलीको बाँकी कैद सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बुटवल जाने भनेर मोटरसाईकलमा तारालाई ठाडाको चाक्लासम्म लगेको र बुटवलतिरबाट आचार्य र लक्ष्मण मोटरसाईकलमा आएपछि होटलमा पराजुलीले नास्ता खुवाएपछि बुटवल नगई पुन सन्धिखर्क फर्केर आई नरपानी बजारमा चिया खाएको र रुद्रले तारालाई अगाडी ल्याई जंगलको बीचमा मोटरसाईकल रोकी राखेपछि पछि अर्का मोटरसाईकलमा लक्ष्मण र राजु आएपछि तारालाई गोली प्रहार गरेको र गोली हानेपछि भागेका दुई जनालाई पाली प्रहरी चौकीले दुई घण्टा भित्रमा पक्राउ गरेको थियो ।
सम्बन्धित समाचार >